शनिबार धादिङमा विद्युत सेवा अवरुद्ध हुने

धादिङ,१७ मंसिर । 
धादिङमा भोलि शनिबार विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण धादिङ वितरण केन्द्रले जनाएको छ ।

शुक्रबार प्राधिकरणको धादिङ शाखाले एक सूचना जारी गर्दै तारुकाघाट देखि धादिङबेसीसम्म आएको ३३ के.भी प्रशारण लाईन मर्मत सुधार गर्ने भएकाले भोलि शनिबार बिहान ११ बजेदेखी दिउसो २ बजेसम्म बिद्युत सटडाउन हुने जनाएको छ।

उक्त समयमा धादिङबेसी सबस्टेसन र सल्यान्टार सबस्टेसन अन्तरगतका लाईन वितरण भएका स्थानहरु नीलकण्ठ नगरपालिका, सिद्धलेक, ज्वालामुखी, त्रिपुरासुन्दरी, नेत्रावती, गंगाजमुना र आरुघाट गाउँपालिका लगायतका क्षेत्रहरुमा विद्युत सेवा अवरुद्ध हुने सूचनामा भनिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्