धादिङमा कोरोनाका सक्रिय संक्रमित ३ जना बाँकी 

धादिङ,१७ मंसिर।
धादिङका थप एक कोरोना संक्रमित निको भएका छन्। योसँगै जिल्लामा सक्रिय संक्रमित तीन जना बाँकी रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। आज ७ एण्टीजेन परिक्षण मध्ये सबै नेगेटिभ आएको छ।
जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या नौ हजार एक सय ७१ पुगेको छ भने हालसम्म निको हुनेको सङ्ख्या ८ हजार ११६ रहेको छ। संक्रमणका कारण जिल्लाका ८० जनाले ज्यान गुमाएका छन्। हाल संक्रमित मध्ये तीन जना नै होम आइसोलेसनमा रहेका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्