अपाङ्गता क्षेत्रमा स्थानिय निकायले चासो नदेखाएको गुनासो

अपाङ्गताको क्षेत्रमा स्थानिय निकायले चासो नदेखाएको धादिङबेसीमा आयोजित एक कार्यक्रमका सहभागिहरुले गुनासो गरेका छन् ।संविधानमै भएका अधिकारहरु समेत प्राप्त गर्न नसकेको भन्दै उनीहरुले दया र मायाको भावना भन्दा पनि अवसरको खाचो रहेको औल्याएका छन् । ३० औँ अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा नीलकण्ठ नगरपालिकाको आयोजनामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले यस्तो गुनासो गरेका हुन्।

No description available.

अपाङ्गता भएकाहरुको हक अधिकार तथा पुर्नस्थापनाको लागि तिनै तहको सरकार गम्भीर हुनुपर्ने अपाङ्ग कल्याण संघ धादिङका अध्यक्ष गुणराज खतिवडाले बताउनु भएको छ ।यसैगरी धादिङ बहिरा संघका अध्यक्ष रामप्रसाद अधिकारीले जनप्रतिनिधिहरु अपाङ्गता भएकाहरुलाई हल्का रुपमा लिएको भन्दै जनप्रतिनिधहरुलाई अपाङ्गताको विषयमा जानकारी गराउनुपर्ने बताउनुभयो ।नीलकण्ठ नगरपालिकाका उप–मेयर मनराज भण्डारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सामाजिक विकास शाखाका सदस्य कल्पना रिजाल (रेग्मी),प्रहरी निरिक्षक धर्मजंग थिङ,नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाका सभापति नारायण तिमल्सिना,नेपाल पत्रकार महासंघ धादिङ शाखाका अध्यक्ष राजाराम शर्मा लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधि लगायत अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता रहेको थियो ।कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उपमेयर मनराज भण्डारीले अपाङ्गता भएकाहरुको क्षेत्रमा नगरपालिकाले योजना बनाएर काम गरिरहेको बताउनुभयो ।

कार्ड वितरण लगायत अपाङ्गता पहिचानको क्षेत्रमा पनि आफु चनाखो रहेको भन्दै उहाँले कार्ड बनाउन छुटेकाहरुलाई तत्काल नगरपालिकामा आउनको लागि आग्रह गर्नुभएको छ ।महिला विकास निरिक्षक निर्मला केसीले सन्चालन गर्नुभएको कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख  विष्णु प्रसाद रिजालले स्वागत मन्त्यव्य राख्नुभएको थियो ।‘हाम्रो प्राथमिकताको आधार, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार’ भन्ने राष्ट्रिय नाराका साथ आज धादिङ सहित देशभर यो दिवस मनाईएको हो ।

यसैगरी ३० औँ अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर अपाङ्ग कल्याण संघ धादिङको आयोजनामा शुभकामना आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।अपाङ्ग कल्याण संघ धादिङका अध्यक्ष गुणराज खतिवडाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उप मेयर मनराज भण्डारीको प्रमुख आतिथ्य रहेको थियो ।

No description available.

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाका सभापति नारायण तिमल्सिना, नीलकण्ठ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णु रिजाल,महिला विकास निरिक्षक निर्मला केसी लगायतको आतिथ्य रहको थियो ।कार्यक्रममा अपाङ्गता भएकाहरुले भोग्नुपरेको समस्या र स्थानिय तहले गर्नुपर्ने कामको विषयमा छलफल भएको थियो । दुबै कार्यक्रमको सहजिकरण अपाङ्ग कल्याण संघका सुजन घलेले गर्नुभएको थियो । 

No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्