महादेवेशीमा अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा बक्तृत्वकला प्रतियोगिता,रिमाल प्रथम

३० औँ अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा धादिङको थाक्रे गाउँपालिका स्थित महादेवेशीमा खुल्ला बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज (सिड्स) नेपालको आयोजनामा सम्पन्न भएको प्रतियोगितामा ८ पुरुष र १४ जना महिला गरी २२ जनाको सहभागिता रहेको थियो । 

१६ दिने लैङ्िगक हिसा बिरूद्वको अभियान अन्तर्गत बिश्व अपाङगता दिवसको अवसरमा लैङिगक विभेद र हिंसा न्युनीकरणमा समुदायको भुमिका बिषयक खुल्ला बक्तृत्वकला प्रतियोगिताको आयोजना गरीएको सिड्स नेपालका कार्यकारी निर्देशक गोकर्ण रुपाखेतीले जानकारी दिनुभयो । प्रतियोगितामा संगिता रिमाल प्रथम,सुजता पौडेल द्धितिय,ईच्छा परियार तृतीय र कपिल तामाङ सान्त्वना हुनुभएको छ। 

प्रतियोगितामा प्रथम,द्धितिय,तृतीय र सान्त्वना हुनेहरुलाई क्रमश ४ हजार,३ हजार १ सय,२ हजार पाँच सय र २ हजार नगद र प्रमाणपत्रबाट पुरस्कृत गरीएको रुपाखेतीले जानकारी दिनुभयो । महिला सञ्जालकी अध्यक्ष यशोदा बिडारीको अध्यक्षमा सम्पन्न भएको कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य उर्मिला रेग्मी सिड्स नेपालका अध्यक्ष माधव खतिवडा,कार्यकारी निर्देशक गोकर्ण रूपाखेती, जनजागृती माविका प्रधानाध्यापक लावण फुयाल सस्थागत विकास सञ्जालका कोषाध्यक्ष मेघ वहादुर तामाङ, थाक्रे युवा परिषद संयोजक मधुसूदन रूपाखेती लगायतको आतिथ्य रहेको थियो । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्