पण्डितचौर आ.विमा लैङिगक हिंसा नियन्त्रण सम्बन्धी अभिमुखिकरण 

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १२ स्थित पण्डितचौर आधारभुत विद्यालयमा लैंगिक हिंसा नियन्त्रण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।लैङिगक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत आज “घरैबाट सुरु गरौं, महिला हिंसा अन्त्य गरौं ”भन्ने मुल नाराका साथ नारी जागरण केन्द्र धादिङको आयोजना,लैंगिक हिंसा नियन्त्रण संजाल जिल्ला प्रहरी कार्यालय, धादिङका तथा नारी वाटिका धादिङको सहयोगमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा विद्यालयको कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरुलाई घरेलु तथा लैंगिक हिंसा भनेको के हो ? आफु हिंसामा पर्दा कहाँ गएर उजुरी दिने ? कस्तो हिंसालाई लैंगिक हिंसा भनिन्छ ? हिंसा कस्ता कस्ता व्यक्तिहरुबाट हुन सक्छ,बाल विवाह विरुद्ध लगाएतका बारेमा नारी जागरण केन्द्र धादिङका कार्यकारी निर्देशक भगवती उप्रेतीले सहजीकरणमा गर्नु भएको थियो । 

त्यस्तै जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरिक्षक रमेश थापाले ट्राफिक नियम कसरी पालन गर्ने, ट्राफिक नियमका पालना गर्दा ध्यान दिनुपर्ने कुराहरु र घरेलु तथा लैंगिक हिंसा गर्नेलाई दिने कानुनी सजाय, महिला,बालबालिका सेवा केंद्रका ईन्चाज समेत रहनु भएका प्रहरी निरिक्षक थापा बाट हालको जिल्लामा भएका हिंसा को अवस्था विवरण जानकारी समेत गराउनु भएको थियो ।

साथै उहाँले अन्य जिल्लामा जस्तै धादिड जिल्लामा पनि लैंगिक हिंसा तथा घरेलू हिंसा दिन प्रतिदिन बड्दोछ भने तेसमा पनि सदरमुकम थरी थरीका मानिसहरु बसोबास हुने भएको कारण पनि हुन सक्छ विशेष गरी गाउको तुलनामा सहर बजारमा खेतबारीको कामको चाप पनि नहुने कारण पनि फुर्सतिलो हुदा अथवा आधुनिक पनाले पनि मानिसमा विभिन्न सोचाई हरु पैदा हुने जस्ता विकृतिले निलकण्ठ नगरपालिकामा अत्याधुनिक रुपमा वृद्धि भैरहेको  पाईन्छ  भन्ने बारेमा सहजीकरण गर्नुभएको थियो । 

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजेन्द्र प्रसाद सापकोटाले विद्यार्थीहरुलाई कितावी ज्ञान भन्दा व्यवहारिक ज्ञान अति महत्वपुर्ण हुने हुनाले यस कार्यक्रमले विद्यार्थीहरुमा धेरै परिवर्तन ल्याउन सक्ने बताउदै आयोजकलाई धन्यवाद दिनुभएको थियो ।कार्यक्रममा सामाजिक शिक्षिका एवं विध्यालयका लैंगिक संयोजक पार्वती भण्डारी सापकोटाले हाल बड्दै गैरहेको शहरीकरण र हाम्रो अस्तवेस्त कच्ची सड़क को अवस्थाले वालबालिकाहरु लाई पैदल हिड्डुल गर्दा सवारी साधन बाट हुने जोखिम को बारेमा बालबालिकामा चेतना जगाउनु पर्ने जिज्ञासा राख्नु भएको थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्