त्रिपुरासुन्दरी कप फुटबलको उद्घाटन खेलमा आयोजक र सल्यानटार सिटी 

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–६, हाँसेपसल बगरमा आजदेखी १० औ न्यु त्रिपुरासुन्दरी कप नाईन ए साईड फुटबल प्रतियोगिता शुरु भएको छ।न्यू त्रिपुरासुन्दरी युबा क्लब, श्री त्रिपुरासुन्दरी माई मन्दिर संरक्षण समिति तथा त्रिपुरासुन्दरी गाउँपालिकाको संयुक्त आयोजनामा त्रिपुरासुन्दरीमाई न्वागि मेलाको विशेष अवसर पारि आजदेखि फुटबल प्रतियोगिता तथा बुहत सास्कृतिक कार्यक्रम सुरु भएको हो । 

No description available.

प्रतियोगिता उद्घाटन माओवादी केन्द्र धादिङका सह–इन्चार्ज राम बहादुर भण्डारीले गरेका थिए । उदघाटन खेलमा आयोजक न्यु त्रिपुरासुन्दरी युवा क्लब ए र सल्यानटार सिटी युवा क्लबले विजयी शुरुवात गरेका छन् ।अर्गाैता युवा क्लवसंग निर्धारित समयमा १–१ को बराबरी भएपछि पेनाल्टीमा न्यु त्रिपुरासुन्दरी युवा क्लब ए ले ३–१ ले बिजय हासिल गर्याे भने आजै सम्पन्न दोस्रो खेलमा सल्यानटार सिटी युवा क्लबले कुमारी देवी युवा क्लबलाई ३–० ले पराजित गर्याे ।

No description available.

प्रतियोगिता अन्तरगत भोली मंसिर १८ गते ८ वटा खेलहरु हुने आयोजकले जनाएको छ । भोलीका खेलहरु एस.वाई.सि. र ब्ल्याक हर्नेट, बन्देवी युवा क्लब र कटुन्जे, लेजेण्ड ब्वाईज र एस.बि.वाई.सि, नेपाल एसोसिएसन धादिङ र आँखुखोला युवा क्लव, इन्द्रेणी युवा क्लव र सुकौरा युवा क्लव, न्यु त्रिपुरासुन्दरी युवा क्लव सि र मिर्मिरे युवा क्लव, एस.वाई.डि.एस. र ठुलो सिरुवारी युवा क्लव, न्यु त्रिपुरासुन्दरी युवा क्लव बि र डि.वाई.सि. बीच हुने आयोजकले जनाएको छ ।

No description available.

धादिङका कुल २२ वटा टिमहरु सहभागी प्रतियोगिताको प्रतियोगिताको बिजेताले नगद रु १ लाख ११ हजार १११ रूपैया र उपविजेताले ५५ हजार ५५५ रूपैया प्राप्त गर्ने आयोजकले जनाएको छ। मंसिर २० गते बृहत् साँस्कृतिक कार्यक्रम सहित प्रतियोगिताको समापन तथा पुरस्कार बितरण हुने र उक्त कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर) को प्रमुख आतिथ्यतामा हुने साथै बृहत् साँस्कृतिक कार्यक्रम कृष्ण कडेलको इन्द्रेणी टिमको उपस्थितिमा हुने क्लबका अध्यक्ष दिपेन्द्र शाहले जानकारी दिनुभयो।

No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्