कांग्रेस वाग्मती प्रदेश सभापतिका लागि पुनःमतदान हुने

कांग्रेस वाग्मती प्रदेश सभापति पदमा पुनःमतदान हुने भएको छ । सभापतिका तीनजना उम्मेदवारमध्ये कसैले पनि विधान अनुसार ५१ प्रतिशत मत ल्याउन नसक्दा पुनःमतदान हुने भएको हो।आइतबार सम्पन्न मत गणना अनुसार कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले बढी मत ल्याएका छन् । सभापतिमा बानियाँले ९९२ मत ल्याएका छन् भने दोस्रो हुने जगदिश्वर नरसिंह केसीले ८७२ मत ल्याएका छन् । तेस्रो हुने भीमसेनले १९७ मत ल्याएका छन् । बढी मत ल्याएका बानियाँले ४८ प्रतिशत मत ल्याएका हुन्।

कांग्रेसको विधानअनुसारमा सभापतिमा खसेको मतको ५१ प्रतिशत मत ल्याउनुपर्ने प्रावधानअनुसार सभापतिमा पुनः मतदान हुने भएको छ। पुनःमतदान आइतबार बिहान ११ः३० बजेबाट हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कुल २१ सय ५१ मतमध्ये २०८३ मत खसेको थियो ।अब दोस्रो चरणमा बानियाँ र केसीबीच सभापतिमा प्रतिस्पर्धा हुनेछ। बानियाँ संस्थापन अर्थात् पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा तथा केसी संस्थापन इतर समूहका उम्मेदवार हुन् । प्रधान कांग्रेस नेता कृष्णप्रसाद सिटौला निकट हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्