धादिङका नेता बुद्धिमान तामाङ राष्ट्रिय प्रजातन्त्र पार्टीको उपाध्यक्षमा निर्वाचित,पदाधिकारीमा थापा समूहको बर्चश्व(सूचीसहित)

काठमाडौं,१९ मंसिर। 
राष्ट्रिय प्रजातन्त्र पार्टीको उपाध्यक्षमा धादिङका बुद्धिमान तामाङ बिजयी हुनुभएको छ। कमल थापा प्यानलबाट उठेका पुर्व गृहमन्त्री तथा धादिङका बरिष्ठ नेता बुद्धिमान तामाङले १९४४ भोट ल्याएर विजयी हुनुभएको हो।पदाधिकारीमा अध्यक्ष पदमा पराजित कमल थापापक्षको बर्चश्व देखिएको छ । भर्खरै घोषणा भएको परिणाम अनुसार उपाध्यक्ष र महामन्त्रीमा थापा पक्षधर उम्मेदवारहरु विजयी भएका छन् ।

पार्टीको खुल्ला उपाध्यक्षमा विक्रम पाण्डे सर्वाधिक मत ल्याएर विजयी भएका छन् । दुवै प्यानलमा समेटिएका उनले २५२१ भोट ल्याए ।सोही प्यानलमा ध्रुवबहादुर प्रधान १८१४ भोट ल्याएर विजयी भएका छन् ।

महिला उपाध्यक्षमा रोशन कार्की १६८९ भोट ल्याएर विजयी भएकी छन् । उनी पनि कमल थापा पक्षकी हुन् ।महामन्त्रीको प्रतिस्पर्धामा लिङदेन पक्षका धवलशम्शेर राणाले सर्वाधिक २२२१ भोट ल्याएर विजयी भएका छन् । यसैगरि थापा पक्षकै भुवन पाठकले १८०५ भोट ल्याएर जित हासिल गरे ।

महिला महामन्त्रीतर्फ थापा समूहकी कुन्ती शाही विजयी भइन् । उनले २००८ मत ल्याएकी छन् । महिला महामन्त्रीमा रेखा थापा पराजित भएकी छन् । उनल १६४० भोट ल्याइन् ।

टिम राप्रपा
अध्यक्ष
राजेन्द्र लिङ्देन
उपाध्यक्ष खुल्ला
विक्रम पाण्डे
बुद्धिमान तामाङ
ध्रुवबहादुर प्रधान
उपाध्यक्ष (महिला)
रोशन कार्की
महामन्त्री (खुल्ला)
डा. धवलशमशेर राणा
भुवन पाठक
महामन्त्री (महिला)
कुन्ती शाही

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्