दुष्टिविहिन संगिता घलेलाई सिद्धलेक गाँउपालिकाद्धारा ल्यापटप सहयोग

सिद्धलेक गाँउपालिका वडा नम्बर ६ स्थित कुम्पुर भन्ज्याङकी दृष्टिविहिन सगिंता घलेलाई गाउँपालिकाले १ थान ल्यापटप सहयोग गरेकोे छ ।आईतबार गाँउपालिकाका अध्यक्ष प्रेमनाथ सिलवाल र उपाध्यक्ष कमला शर्मा(अधिकारी)ले जेहेन्दार दृष्टिबिहिन घलेलाई ल्यापटप हस्तान्तरण गर्नुभएको हो ।घले हाल स्नातक तहमा अध्ययनरत छात्रा हुन् ।

उनले करिब एक महिना अगाडि आफ्नो पढाईको सहजका लागि गाँउपालिकालाई एक निवेदन मार्फत ल्यापटप माग गरेको गाँउपालिकाका सुचना अधिकारी हरी पाटा मगरले जानकारी दिनुभयो ।त्यसै अनुरुप आज गाँउपालिकाले घलेको पठनपाठनमा थप सहयोग होस भनेर ल्यापटप वितरण गरिएको सुचना अधिकारी मगरले बताउनुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्