प्रेस सेन्टरको केन्द्रिय सदस्यमा धादिङका नारायण सिलवाल र रमेश आचार्य 

प्रेस सेन्टर नेपालको केन्द्रिय सदस्यमा धादिङका नारायण सिलवाल र रमेश प्रसाद आचार्य चयन हुनुभएको छ ।चितवनमा आइतबार सम्पन्न माओवादी केन्द्र निकट पत्रकारहरूको संगठनको चौथो राष्ट्रिय महाधिवेशनबाट  धादिङका सिलवाल र आचार्य केन्द्रिय सदस्यमा चयन हुनुभएको हो। प्रेस सेन्टर नेपालको अध्यक्षमा विष्णु सापकोटा सर्वसम्मत चयन हुनुभएको छ। महाधिवेशनबाट सापकोटाको नेतृत्वमा धादिङका दुई जना सहित १ सय ९९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । तर आकांक्षी धेरै भएपछि अध्यक्षबाहेक पदाधिकारी टुंगो लाग्न सकेन ।

महाधिवेशनस्थलबाट १८५ सदस्यीय समिति घोषणा भएको छ भने बाँकी १५ जना केन्द्रीय समितिको पहिलो बैठकबाट मनोनयन गर्ने तय भएको पत्रकार देवीराम देवकोटाले जानकारी दिनुभयो ।प्रेस सेन्टरको विधान अनुसार अध्यक्ष, १४ उपाध्यक्ष, महासचिव, ५ उपमहासचिव, १५ सचिव र कोषाध्यक्ष चयन गर्ने व्यवस्था छ।

यस्तै बन्दसत्रले १८ बुँदे घोषणापत्र जारी गरेको छ। सेन्टरका निवर्तमान कोषाध्यक्ष सुरेशचन्द्र अधिकारीका अनुसार १८ बुँदे घोषणापत्रमा प्रधानन्यायाधीशलाई उच्च नैतिकता प्रस्तुत गर्दै निकास दिन आग्रह गरिएको छ।यसअघि महेश्वर दाहालको नेतृत्वमा २६० सदस्सीय कार्यसमिति रहेको थियो । महाधिवेशनमा ७७ जिल्ला, उपत्यका, एसोसिएट र प्रतिष्ठानका प्रतिनिधि गरी झण्डै ८०० प्रतिनिधि सहभागी भएको सेन्टरले जनाएको छ ।सम्मेलनको उद्घाटन शनिबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले गर्नुभएको थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्