न्यु त्रिपुरासुन्दरी युवा क्लव र एस.वाई.सि.त्रिपुरासुन्दरी कपको  सेमिफाईनल प्रवेश

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–६ हासेपसल,बगरमा जारी फुटबल प्रतियोगितामा आयोजक न्यु त्रिपुरासुन्दरी युवा क्लव र एस.वाई.सि. सेमिफाईनलमा पुग्न सफल भएका छन् ।आज सम्पन्न खेलमा आयोजक न्यु त्रिपुरासुन्दरी युवा क्लव ’ए’ले लेजेन्ड ब्वाईजलाई पराजित गर्दै सेमिफाईनलमा स्थान सुरक्षित गर्न सफल भयो भने एस.वाई.सि.ले सुकौरा युथ क्लबलाई पराजित गर्दै आयोजकसंग सेमिफाईनल भेट पक्का गरेको हो।

प्रतियोगिता अन्तरगत भोली २० गते पहिलो सेमिफाईनल खेल न्यु त्रिपुरासुन्दरी युवा क्लव बि र एस.वाई.सि. बिच हुनेछ भने दोस्रो सेमिफाईनल प्रबेशको लागि भोली नै आरुघाट फुटबल क्लब र डि.वाई.सि. साथै एस.वाई.डि.सि. र प्लान धादिङ बीच खेल हुने आयोजकले जनाएको छ ।

No description available.

प्रतियोगिताको फाईनल खेल तथा बृहत् साँस्कृतिक कार्यक्रम,प्रतियोगिता समापन तथा पुरस्कार वितरण भोली मंसिर २० गते नै हुने क्लबका अध्यक्ष दिपेन्द्र शाहले जानकारी दिनुभयो। नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर) को प्रमुख आतिथ्यतामा हुने प्रतियोगिता समापन,पुरस्कार वितरण तथा बृहत् साँस्कृतिक कार्यक्रम कृष्ण कँडेलको इन्द्रेणी टिमको प्रस्तुती रहने शाहले बताउनुुभयो ।

न्यू त्रिपुरासुन्दरी युबा क्लब, श्री त्रिपुरासुन्दरी माई मन्दिर संरक्षण समिति तथा त्रिपुरासुन्दरी गाउँपालिकाको संयुक्त आयोजनामा त्रिपुरासुन्दरीमाई न्वागि मेलाको अवसरमा जारी फुटबल प्रतियोगिता तथा बृहत सास्कृतिक कार्यक्रममा जिल्लाका २२ वटा टिमहरु सहभागी भएका थिए।प्रतियोगिताको बिजेताले नगद रु १ लाख ११ हजार १११ रूपैया र उपविजेताले ५५ हजार ५५५ रूपैया प्राप्त गर्ने आयोजकले जनाएको छ। 

No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्