नेत्रावती डबजोङ–४ को सेवा प्रवाह लगाएतका विषयमा सार्वजनिक सुनुवाई कार्यक्रम 

नेत्रावती डबजोङ गाउँपालिका वडा नं ४ स्थित भोग्टेनीमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ।नेत्रावती डबजोङ गाउँपालिकाको आयोजना तथा धादिङ सन्चार प्रा.लीको समन्वयमा आईतबार वडा नं ४ को सेवा प्रवाह तथा विकास निर्माण लगाएतका विषयमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।

सेवाग्राही प्रति सेवा प्रदायक तथा निर्वाचित जनप्रतिनिधिहरुलाई जवाफदेही बनाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा गाउँपालिका तथा वडा कार्यालयहरुको काम कारबाही, सेवा प्रवाह, योजना एवं कार्यक्रम, बजेट जस्ता सार्वजनिक विषयमा सम्बन्धित सेवा प्रदायक र सेवाग्राहीबीच छलफल गरिएको थियो ।

कार्यक्रममा नागरिकहरुले एम्बुलेन्स भाडा महगोँ भएको, जग्गा नापि दर्ताको काम नभएको,वडामा पशु चिकित्सक नभएको,सामुदायिक भवन निर्माण अधुरो रहेको लगाएतका बिषयमा गुनासो गरेका थिए।सहभागिहरुले उठाएका प्रश्नको वडा नम्बर ४ का अध्यक्ष तिल बहादुर गुरुङ लगाएत सम्बन्धित व्यक्तिहरुले जवाफ दिनुभएको थियो ।

No description available.

नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष गुरुङको अध्यक्षतामा सम्पन्न भएको सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाका पशु विकास शाखाका प्रमुख अर्जुन प्रसाद खतिवडा,रोजगार संयोजक जयश्री त्रिपाठी, प्राबिधिक प्रदिप अधिकारी,एकेन्द्र साउद,वडा सदस्यहरु, कर्मचारी, बिभिन्न राजनितिक दलका प्रतिनिधी लगाएतको आतिथ्य रहेको थियो ।

कार्यक्रममा सहभागीहरुको प्रश्नको जवाफ दिनुहुदै वडाध्यक्ष गुरुङले वडाको विकासको लागि आफुले कुनै कसुर नराखेको बताउनु भएको छ । आफुले गर्दा हुने कामलाई निरन्तरता दिएको भन्दै वडालाई नमुना वडा बनाउन सबै लाग्नुपर्ने बताउनुभयो ।उहाँले जनताको भावना अनुसार सेवा दिने भन्दै विकासमा कसैलाई पक्षपात नगर्ने बताउनुभयो।

No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्