कोरोना अपडेट :२६५ संक्रमित थपिदा ३५७ डिस्चार्ज, २ को मृत्यु

धादिङ,२० मंसिर ।
पछिल्लो २४ घण्टामा देशभर ८ हजार ६१७ को परिक्षणमा २६५ संक्रमित थपिदा ३५७ संक्रमित डिस्चार्ज भएका छन्। देशभरका प्रयोगशालाबाट ७ हजार ११४ जनाको पीसीआर गर्दा २३८ र १ हजार ५०३ जनाको एन्टिजेन परिक्षणमा २७ गरी २६५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

आईतबार मात्रै २०५ संक्रमित थपिएका थिए। यो सँगै देशभर संक्रमित हुनेको संख्या ९ लाख १८ हजार ४४९ पुगेको छ भने हालसम्म संक्रमित भई निको हुनेको सङ्ख्या ८ लाख ४ हजार ९०१ पुगेको छ। योसँगै हालसम्म सक्रिय संक्रमितको संख्या ६ हजार ३८६ रहेको छ भने सङ्क्रमणमुक्त हुनेको दर ९७ दशमलब ८ प्रतिशत रहेको छ।

यस्तै पछिल्लो घण्टामा सङ्क्रमणका कारण २ जनाको मृत्यु भएसँगै हालसम्म सङ्क्रमणका कारण एघार हजार ५४३ को मृत्यु भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्