धादिङका दुई संक्रमित निको भए, सक्रिय संक्रमित एक जना बाँकी

धादिङ,२० मंंसिर ।
धादिङका थप दुई कोरोना संक्रमित निको भएका छन्। योसँगै जिल्लामा सक्रिय संक्रमित एक जना मात्र बाँकी रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।
जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या नौ हजार एक सय ७१ पुगेको छ भने हालसम्म निको हुनेको सङ्ख्या ८ हजार ११८ रहेको छ। संक्रमणका कारण जिल्लाका ८० जनाले ज्यान गुमाएका छन्। हाल संक्रमित एक जना होम आइसोलेसनमा रहेका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्