राष्ट्रपति उत्कृष्ट पुरस्कारबाट धादिङका तिनजना कृषक सम्मानित

धादिङ,२० मंसिर।
विश्व खाद्य दिवसको अवसरमा धादिङका ३ जना कृषक राष्ट्रपति उत्कृष्ट पुरस्कारबाट सम्मानित भएका छन्।हाम्रो पहल उत्पादन र पोषणमा बृद्धि, पर्यावरण, संरक्षण र जनजिविकामा समृद्धि नारासहित सोमबार कृषि ज्ञान केन्द्र धादिङद्धारा आयोजित ४१ औँ विश्व खाद्य दिवस तथा राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार वितरण कार्यक्रममा जिल्लाका ३ जना कृषकलाई पुरस्कार सहित सम्मान गरिएको हो।

सम्मानित हुनेमा धुनिवेशी–५ धाराचौराका यदु प्रसाद न्यौपाने, नीलकण्ठ–६ कुशुण्डेकी दयालक्ष्मी श्रेष्ठ र नीलकण्ठ–२ बसाहाकी उर्मिला देवि कार्की नेपाल रहेका छन्।सम्मानित हुने तीनै जना कृषकहरुलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति धादिङका प्रमुख जगनाथ नेपालले नगद दश हजार र प्रमाण पत्र सहित दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो ।

No description available.

दिवसको अवसर पारेर कृषि क्षेत्रमा लाग्न उत्प्रेरणा तथा हौसला प्रदान गर्न सम्मान गरिएको कृषि ज्ञान केन्द्र धादिङका प्रमुख झलकनाथ कंडेल बताउनु भयो। सम्मान कार्यक्रम पश्चात सम्मानित कृषकहरुले आफुहरुलाई कृषी ज्ञान केन्द्रले पुरस्कृत गरेर कृषि क्षेत्रमा लाग्न हौसला बढाएको बताएका थिए ।

यसैगरी आ.व. २०७८/७९ मा आयोजित निबन्ध प्रतियोगिताको विद्यार्थी हरुको पुरस्कार समेत वितरण गरिएको छ। प्रतियोगितामा प्रथमचन्द्रोदय मा.वि.की रेजिना लोहनी, नीलकण्ठ मा.विका कोईशन भण्डारी द्धितीय, बालमन्दिर मा.वि.का सुमन गुरुङ तृतीय र धादिङ बोर्डिङ स्कुलका आदर्श सुवेदी सान्त्वना भएका थिए।प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमश नगद २,०००, १५००, १०००, ८०० र प्रमाण पत्र वितरण गरिएको थियो।

No description available.

कृषि ज्ञान केन्द्र धादिङका प्रमुख कंडेलको अध्यक्षतामा भएको कार्यक्रममा जिसस धादिङका प्रमुख नेपालको प्रमुख आतिथ्य रहेको थियो।जिल्ला समन्वय समितिका उप–प्रमुख विन्दा बराम र प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालको बिशेष आतिथ्य रहेको कार्यक्रममा परियोजना कार्यान्वयन ईकाई धादिङका प्रमुख होमनाथ लम्साल, भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र धादिङका प्रमुख सन्दिप सिलवाल,शिक्षा विकास तथा समन्वय ईकाई धादिङका प्रमुख कृष्ण कुमार श्रेष्ठ, जिल्ला समन्वय अधिकारी हरि प्रसाद अर्याल, प्रहरी कार्यालय धादिङका प्र.ना.नि लक्ष्मणा गौतम,लगाएतको आतिथ्य रहेको थियो। कृषि प्रसार अधिकृत कमल राज शर्माले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। तस्विर:अर्चना वाईवा

No description available.
No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्