माओवादी केन्द्रको प्रदेश सम्मेलनका लागि धादिङबाट ५९ प्रतिनीधि छनोट

नेकपा (माओवादी केन्द्र) को प्रदेश सम्मेलनका लागि धादिङ जिल्लाबाट ५९ जना प्रतिनीधि छनौट भएका छन्।मंसिर २५ गते हुने प्रदेश सम्मेलनका लागि धादिङको १३ वटा पालिकाबाट ५९ जना प्रतिनीधिहरु छनोट भएको माओवादी केन्द्र धादिङले जनाएको छ ।

जिल्लाको बेनीघाट रोराङबाट ७ जना,नेत्रावती डवजोङबाट २, नीलकण्ठ नगरपालिकाबाट ११, त्रिपुरासुन्दरीबाट ६ जना छनौट भएका छन्। यस्तै धुनीबेसी नगरपालिकाबाट ६, गल्छीबाट ३, ज्वालामुखीबाट १, गंगाजमुनाबाट ६, सिद्धलेकबाट ३ ,थाक्रेबाट ४ ,रुवीभ्यालीबाट २,गजुरीबाट ५ जना र खनियाबास गाउँपालिकाबाट २ जना गरी ५९ जना प्रतिनीधिहरु छनोट भएका हुन्।

गजुरी गाउँपालिका बाहेक सबै स्थानीय तहको सम्मेनल सम्पन्न गरेको माओवादी केन्द्र धादिङले २४० जना पार्टी सदस्य बराबर १ जना प्रदेश प्रतिनीधि छनोट गरिएको जनाएको छ।जसमा सबै भन्दा धेरै नीलकण्ठ नगरपालिकाबाट ११ जना र सबैभन्दा थोरै ज्वालामुखी गाउँपालिकाबाट १ जना प्रतिनीधि छनोट भएका छन् ।

धादिङबाट यी ५९ बाहेक प्रदेश कमिटीमा रहेकाहरु समेत प्रदेश प्रतिनीधिका रुपमा छनोट हुनेछ । सबै गरेर धादिङबाट ८० जनाका हाराहारीमा प्रतिनीधिहरु बागमती प्रदेश सम्मेलनमा सहभागि हुने माओवादी केन्द्रले जनाएको छ ।बागमती प्रदेश सम्मेलनमा सबै जिल्लाबाट अन्दाजी ८०० जना प्रतिनीधिहरु आउने बताईएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्