भारतीय सेना प्रमुख (सीडीएस)बिपिन रावत सवार हेलिकप्टर दुर्घटना

तस्बिर:एएनआई
काठमाण्डौ,२२ मंसिर।
भारतीय सेना प्रमुख (सीडीएस) बिपिन रावत सवार हेलिकप्टर दुर्घटनामा परेको छ ।आज तमिलनाडुको नीलगिरी जिल्लाको कुन्नुरमा भारतीय सेनाको हेलिकप्टर दुर्घटनामा परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।दुर्घटनाग्रस्त हेलिकप्टरमा भारतीय सेना प्रमुख (सीडीएस) रावतको आफ्ना कर्मचारी र परिवारका सदस्य, सेनाका केही उच्च अधिकारी सहित १४ जना सवार रहेको एएनआईले जनाएको छ ।

हेलिकप्टरमा सवार सबै एक कार्यक्रममा सहभागी हुन गइरहेका थिए । दुर्घटनाग्रस्त हेलिकप्टरबाट तीन जनालाई बचाइएको र तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

दुर्घटनाग्रस्त भएको सेनाको यो हेलिकप्टर एमआई सिरिजको थियो । यसमा दुई वटा इन्जिन हुन्छ र यसलाई सुरक्षित मानिन्छ ।
रावतलाई गएको जनवरी १ मा देशका पहिला सीडीएस नियुक्त गरिएको थियो । हेलिकप्टर दुर्घटनाको कारण पत्ता लगाउनका लागि जाँचको आदेश दिइएको वायु सेनाले जनाएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्