ऋण तिर्न नपरोस् भनेर फर्माले हानेर आफ्नै साथीको हत्या

भक्तपुरमा आफूले लिएको ऋण तिर्न नपरोस् भनेर एक जनाले आफ्नै साथीको हत्या गरेका छन् । मङ्गलवार रातिहनुमन्ते खोला किनारा सूर्यविनायक–१ सिरुटार पुरानो घर भइ सूर्यविनायक–३ बस्ने ३३ वर्षीय राजन श्रेष्ठको आफ्नै साथीले फर्माले हानेर हत्या भएको महानगरीय प्रहरी वृत्त थिमिले जनाएको छ।

हत्यामा संलग्न रहेको आरोपमा बालकोट बस्ने राजनकै साथी हेमन्त श्रेष्ठ र मजदुरी गर्ने प्रेम विक पक्राउ परेका महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले बताउनुभयो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्