भारतीय वायू सेनाका प्रमुख रावत सवार हेलिकप्टर दुर्घटना हुँदा १३ जनाको मृत्यु

भारतीय वायू सेनाका प्रमुख विपिन रावत सवार हेलिकप्टर दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । सेना प्रमुख रावत सवार हेलिकप्टर आज दिउँसो तमिलनाडू राज्यमा दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको तमिलनाडूका वनमन्त्री रामचन्द्रले जानकारी दिनुभयो ।

उहाँका अनुसार एमआई–१७ भी ५ नामक हेलिकप्टरमा सेना प्रमुखसहित अन्य १४ जना सवार थिए । हालसम्म भने सेना प्रमुख रावतको अवस्था भने अज्ञात राखिएको छ ।

उहाँ सवार हेलिकप्टर भारतको राजधानी दिल्लीबाट तमिलनाडू तर्फ जाँदै गर्दा खराब मौसमका कारण दुर्घटना भएको बताइएको छ । भारतका केन्द्रीय रक्षा मन्त्री राजनाथ सिंहले घटनाको विषयमा अनुसन्धानका लागि विशेष टोली बनाइने बताउनुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्