ओमिक्रोन विश्वको ५७ देशमा फैलियो

विश्वको ५७ मुलुकमा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन फैलिएको छ ।विश्व स्वास्थ्य संगठनले हालसम्म उक्त भेरियन्ट ५७ मुलुकमा पुष्टि भएको जनाएको छ ।बुधबार विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले हालसम्म ओमिक्रोन भेरियन्टका संक्रमित ५७ मुलुकमा पुष्टि भएको जानकारी दिएको हो । ओमिक्रोन फैलिने क्रम जारी रहेको र अस्पतालमा भर्ना हुने मानिसको संख्या बढ्न सक्ने समेत डब्ल्यूएचओको भनाइ छ।‘डेल्टा जत्तिकै वा सोभन्दा कम गम्भीर हुने देखिए पनि थप मानिस संक्रमण भएको अवस्थामा अस्पताल भर्ना हुनेको संख्या बढ्ने अपेक्षा गरिएको छ’, डब्ल्यूएचओले भनेको छ ।

उक्त रिपोर्टमा ओमिक्रोनबाट गम्भीर बिरामी हुने वा नहुने भनेर मूल्याकंन गर्न थप तथ्यांक चाहिने पनि उल्लेख छ ।पहिलो पटक दक्षिण अफ्रिकामा पहिचान गरिएको ओमिक्रोन भेरियन्ट नेपालसहित दक्षिण एसियाका ३ मुलुकमा पनि फैलिएको छ । नेपालमा हालसम्म २ जनामा यो भेरियन्ट पुष्टि भएको छ भनेर भारतमा यसबाट संक्रमितको संख्या २१ पुगेको छ । त्यस्तै, कैयौं मुलुकले अन्तर्राष्ट्रिय यात्रामाथि कडाई गर्न थालेका छन् । इजरायल र जापानले विदेशी यात्रुलाई प्रवेशमा प्रतिबन्ध लगाएका छन् । नेपालले समेत हङकङसहित ९ मुलुकबाट हुने हवाई उडानमा प्रतिबन्ध लगाइसकेको छ ।तर ओमिक्रोन भेरियन्टको संक्रामक क्षमता, हालका खोपको प्रभावकारिता र गम्भीर संक्रमण हुने वा नहुने भनेर पूर्ण तथ्य आइसकेको छैन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्