मानव अधिकार दिवसमा मानव अधिकार बर्ष पुस्तकको समिक्षा तथा अवस्थाबारे छलफल

आज ७३ औँ ‘अन्तर्राष्ट्रिय मानव अधिकार दिवस’,धादिङमा नेपाल मानव अधिकार बर्ष पुस्तकको समिक्षा तथा जिल्लाको मानव अधिकारको अवस्थाबारे छलफल गरिएको छ ।जिल्लामा क्रियाशिल मानवअधिकार संस्थाहरुको आयोजनामा भएको कार्यक्रममा अनौपचारिक क्षेत्र सेवाा केन्द्र (इन्सेक) द्वारा प्रकाशन हुने ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२’ को लागि सन् २०२१ को जनवरीदेखि हालसम्म जिल्लामा सङ्कलित मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको अर्धवार्षिक पूर्व समीक्षा गरिएको हो।

कार्यक्रममा ईन्सेक प्रतिनिधि सीताराम अधिकारीले इन्सेकले कार्यक्रममा प्रस्तुत गरेको तथ्याङ्क अनुसार सन् २०२१ मा बालबालिका दुव्र्यवहार १ सय ५०, बाल बलत्कार ५, बाल यौन दुव्र्यवहार ३, बलात्कार ४, बलात्कार प्रयास ३ जना ,कुटपिट ४, घरेलु हिंसा ४, बहुविवाह ३, कथित बोक्सी १, हत्या ३ र बालविवाहका ३ जना पीडित लगाएतका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेख भएको जानकारी गराउनुभएको थियो ।

No description available.

कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले संविधानले परिकल्पना गरेको विश्वव्यापी प्रतिवद्धतालाई पुरा गर्नका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभएको छ ।जिल्ला प्रहरी कार्यलय धादिङका प्रमुख प्रहरी उपरीक्षक राकेश सिंहले मानव अधिकार संरक्षण र संवद्र्धनमा प्राथमिकताका साथ अगाडि बढ्ने बताउनुभएको छ ।

No description available.

त्यस्तै जिल्ला समन्वय समितिका उप–प्रमुख विन्दा बरामुले छलफलका क्रममा उठेका जिज्ञासा र सवालका विषयमा जिल्ला समन्वय समितीका तर्फबाट गर्नुपर्ने काममा समन्वय गर्ने बताउनुभएको छ ।कार्यक्रममा सहभागिहरुले मानव अधिकारको अवस्था सन्तोषजनक नभएको बताएका थिए।सन् १९४८ मा संयुक्त राष्ट्रसङ्घको महासभाले मानव अधिकार घोषणापत्र पारित गरेपछि विश्वभर हरेक वर्ष डिसेम्बर १० तारिखमा यो दिवस मनाउने गरिन्छ ।यसैबीच, लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान पनि आजदेखि सकिएको छ।

No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्