स्थानीय तहका रोजगार संयोजकहरुसँगको एक दिने अन्तरक्रिया

रामकुमार थापा।
स्थानीय तहका रोजगार संयोजकहरुसँगको एक दिने अन्तरक्रिया कार्यक्रम धादिङबेसीमा शुक्रबार सम्पन्न भएको छ ।सुरक्षित आप्रवासन(सामी) परियोजना र रोजगार संयोजक बीच समन्वय तथा सहकार्य गर्ने उदेश्यले अन्तरक्रिया कार्यक्रम राखिएको (सामी) परियोजनाका लेखा तथा प्रशासन अधिकृत सम्झना भण्डारीले जानकारी दिनुभयो।

No description available.

स्थानीय तहमा रहेका बेरोजार युवाहरुलाई रोजगारी दिने र बैदेशिक रोजगारलाई कसरी सुरक्षित, भरपर्दो र लाभदायी बनाउने भन्ने विषयमा छलफल भएको सामी परियोजनाका कार्यक्रम संयोजक दिनेश दुवाडीले बताउनुभयो । कार्यक्रममा धादिङका सहायक प्रमुख जिल्ला अधिकारी धु्रव प्रसाद कोईरालाले प्रधानमन्त्री रोजगार कार्यक्रम, रोजगार सेवा केन्द्रले गर्ने काम र सुरक्षित बैदेशिक रोजगारको लागि रोजगार संयोजकको भुमिकाको विषयमा जानकारी गराउनु भएको थियो।

यसैगरी कार्यक्रममा नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तुलसी राम पौडेलले स्थानीय सरकार संचालन ऐन २०७४ मा सुरक्षित बैदेशिक रोजगार सम्बन्धी भएको प्रावधान, सामी परियोजनाले गर्ने काम र रोजगार संयोजकले खेल्नुपर्ने भुमिकाको विषयमा जानकारी गराउनु भएको थियो ।

No description available.

कार्यक्रममा सामी परियोजनाका कार्यक्रम अधिकृत कमल बहादुर रोकायले बैदेशिक रोजगारको वर्तमान अवस्था,अवसर र चुनौती, सुरक्षित वैदेशिक रोजगारको लागि रोजगार संयोजक र सामी परियोजना बीच हुनुपर्ने समन्वय तथा सहकार्यको विषयमा सहभागिहरुलाई जानकारी गराउनु भएको थियो ।यसैगरी सामी परियोजनाका कार्यक्रम संयोजक दुवाडीले सामी परियोजनाले गर्ने काम, रोजगार सेवा केन्द्र र आप्रवासी श्रोत केन्द्र बिच सम्भावित सहकार्यका क्षेत्रहरुको विषयमा जानकारी गराउनुभएको थियो ।कार्यक्रममा धादिङका ११ वटा स्थानिय तहका रोजगार संयोजकहरुको सहभागिता रहेको थियो ।

No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्