शनिबार २३६ संक्रमित थपिदा ३०७ संक्रमित डिस्चार्ज

धादिङ,२५ मंसिर ।
पछिल्लो २४ घण्टामा देशभर ९ हजार १७८ को परिक्षणमा २३६ संक्रमित थपिदा ३०७ संक्रमित डिस्चार्ज भएका छन्। देशभरका प्रयोगशालाबाट ५ हजार ६७२ जनाको पीसीआर गर्दा १९४ र ३ हजार ५०६ जनाको एन्टिजेन परिक्षणमा ४२ गरी २३६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
शुक्रबार मात्रै २५९ संक्रमित थपिएका थिए। यो सँगै देशभर संक्रमित हुनेको संख्या ९ लाख १९ हजार ७५० पुगेको छ भने हालसम्म संक्रमित भई निको हुनेको सङ्ख्या ८ लाख ६ हजार ५४४ सय पुगेको छ।
योसँगै हालसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ८८३ रहेको छ भने सङ्क्रमणमुक्त हुनेको दर ९७ दशमलब ९ प्रतिशत रहेको छ।यस्तै पछिल्लो घण्टामा सङ्क्रमणका कारण १ जनाको मृत्यु भएसँगै हालसम्म सङ्क्रमणका कारण एघार हजार ५५३ को मृत्यु भएको मन्त्रालयको तथ्याङकमा उल्लेख गरीएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्