नीलकण्ठ–१२ रिजालडाँडामा रक्तदान कार्यक्रम सम्पन्न

धादिङ,२५ मंसिर ।
धादिङको नीलकण्ठ नगरपालिका–१२ स्थित रिजालडाँडामा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शनिबार नीलकण्ठ नगरपालिका १२ स्थित वडा कार्यालय परिसरमा सम्पन्न भएको रक्तदान कार्यक्रममा ८ जना महिला र ५८ जना पुरुष गरि कुल ६६ जना स्वयमसेवी रक्तदाताहरुले रक्तदान गर्नुभएको धादिङ रेडक्रसका उपमन्त्री नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
युवा उद्यमशीलता अभियान नेपालको आयोजनामा भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार सेवा केन्द्रको धादिङको प्राविधिक सहयोग रहेको थियो।
धादिङमा अभियानकै रुपमा रक्तदान कार्यक्रम आयोजना गरिदै आएको छ। जिल्लामा रगतको अभावलाई न्युनीकरण गर्नको लागी विभिन्न मेला, पर्व, उत्सव, सहकारीको बार्षिक साधारण सभा लगायतको भेला हुने कार्यक्रममा रक्तदान कार्यक्रम राखि धादिङमा रगत संकलन गरीदैँ आएको छ।
चालु आर्थिक बर्षको असार मसान्तसम्म ५ हजार पिन्ट रगत सङ्कलन गर्ने लक्ष्य लिएको धादिङ रेडक्रसका उपमन्त्री श्रेष्ठले जानकारी दिनुभयो। गत आर्थिक बर्ष ०७७÷०७८ मा जिल्लाका बिभिन्न ३० सङसंस्थाको आयोजनामा भएको रक्तदान कार्यक्रमबाट २ हजार ७६६ पिन्ट रगत सङ्कलन गरिएको थियो। चालु आर्थिक बर्षको श्रावण १ गतेबाट धादिङका विरामीहरुलाई निशुल्क रगत वितरण सुरु गरिएको श्रेष्ठले बताउनुभयो।
तस्विर :सविना पोखरेल

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्