दोस्रो प्रदिप स्मृति कप फुटबल प्रतियोगितामा आयोजक ‘बि’ बिजयी

धादिङको नेत्रावती डबजोङ्ग गाउपालिका वडा नं. ४,सेल्लेमा “दोस्रो प्रदिप स्मृति कप खुल्ला सेभेन ए साईड फुटबल प्रतियोगिता” सुरु भएको छ।प्रतियोगिता अन्तरगत आजको उद्घाटन खेलमा आयोजक छोईलिङ्ग युवा क्लब ‘बि’ बिजयी भएको छ ।आज सम्पन्न खेलमा आयोजक छोईलिङ्ग युवा क्लब (बि) ले आयोजक छोईलिङ्ग युवा क्लब (सि) लाई ५–० गोलले पराजित गरेको छ।।ह्याट्रिक सहित ४ गोल गरेका आयोजक ’बि’ का सुमन तामाङ्ग म्यान अफ दि म्याच बन्न सफल भए ।

No description available.

छोइलिङ युवा क्लवको आयोजनामा सुरु भएको प्रतियोगितामा जिल्लाका १९ टिमको सहभागिता रहेको छ।प्रतियोगिता अन्तरगत भोली मंशिर २८ गते ४ खेल हुनेछन् ।आयोजक ए र चरङ्गे युवा क्लब, मानेगंग युवा क्लब र चौतारा युवा क्लब, ब्रादी युथ क्लब र गैरा क्लब त्यसैगरि डुप्चे युवा क्लब र लामिडाडा युवा समाज खेल्नेछन् ।

प्रतियोगिताको बिजेताले नगद रु पचास हजार, ट्रफि, मेडल र प्रमाणपत्र, उपबिजेताले नगद रु तिस हजार,ट्रफी, मेडल र प्रमाणपत्र, सेमिफाइनलिस्ट २ टिमले नगद रु आठ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।साथै प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र उच्च गोलकर्तालाई ट्रफी, मेडल र प्रमाणपत्र, हरेक खेलमा म्यान अफ दि म्याचलाई समेत विशेष पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको फाईनल, समापन तथा पुरस्कार वितरण पौष ४ गते हुने आयोजकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्