भोलिदेखि दोस्रो चरणको नामावली सङ्कलन गरिने,पहिलो चरणमा ५ हजार ४०२ को नाम दर्ता

धादिङमा भोलिदेखि दोस्रो चरणको मतदाता नामावली सङ्कलन कार्य सुरु हुने भएको छ ।दोस्रो चरण अन्तरगत मंसिर २८ गते भोलिदेखि पौष ८ गतेसम्म जिल्लाको त्रिपुरासुन्दरी, नेत्रावती डबजोङ, खनियाबास, बेनिघाट रोराङ, थाक्रे र गल्छी गाउँपालिकामा फोटो सहितको मतदाता नामावली संकलन गरिने जिल्ला निर्वाचन कार्यालय धादिङका जिल्ला निर्वाचन अधिकारी सन्तोष कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

पहिलो चरण अन्तरगत मंसिर १७ गतेदेखि २६ गतेसम्म जिल्लाको रुवीभ्याली, गंगाजमुना, सिद्धलेक, गजुरी, ज्वालामुखी गाउँपालिका र धुनिबेशी नगरपालिकामा मतदाता नामावली संकलन कार्य संचालन भएको थियो ।पहिलो चरणमा छ वटा स्थानिय तहका ५ हजार ४०२ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ।

यस्तै दर्ता गर्न छुट भएकाहरुले अनिर्वाय रुपमा सक्कल नेपाली नागरिकता सहित जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालय धादिङबाट समेत दर्ता गराउन सकिने उहाँले बताउनुभयो। निलकण्ठ नगरपालिकाको भने हरेक दिन जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट दर्ता भइरहेको छ।

१६ बर्ष उमेर पुरा भएका नेपालि नागरिकहरुको नाम मतदाता नामावलीमा दर्ता गरिन्छ ।मतदाता नामावलीमा नाम समावेश गर्न छुट भएका आम नागरिक तथा विभिन्न सरोकारवालाहरूलाई स्थानीय स्तरमै पुगी मतदाता नामावली दर्ता गराउन निर्वाचन आयोगले सबै समक्ष अनुरोध गरेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्