नेत्रावती डबजोङ–१ र ५ मा सार्वजनिक सुनुवाई सम्पन्न,सेवा प्रदायक र सेवाग्राहीबीच छलफल

नेत्रावती डबजोङ गाउँपालिका वडा नं ५ मा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ।सोमबार नेत्रावती डबजोङ–५ को आयोजना तथा धादिङ सन्चार प्रा.लीको समन्वयमा वडाको सेवा प्रवाह तथा विकास निर्माण लगाएतका विषयमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।सेवाग्राही प्रति सेवा प्रदायक तथा निर्वाचित जनप्रतिनिधिहरुलाई जवाफदेही बनाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा गाउँपालिका तथा वडा कार्यालयहरुको काम कारबाही, सेवा प्रवाह, योजना एवं कार्यक्रम, बजेट जस्ता सार्वजनिक विषयमा सम्बन्धित सेवा प्रदायक र सेवाग्राहीबीच छलफल गरिएको थियो ।

No description available.

नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष डम्बर बहादुर अधिकारीको अध्यक्षतामा सम्पन्न भएको सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाका अध्यक्ष दुर्ग कुमार शाक्यको प्रमुख आतिथ्य रहेको थियो।

No description available.

यसैगरी सोमबारनै नेत्रावती डबजोङ गाउँपालिका वडा नं १ को सेवा प्रवाह तथा विकास निर्माण लगाएतका विषयमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ।नेत्रावती डबजोङ वडा नम्बर १ का वडाध्यक्ष चन्द्र बहादुर पल्ली मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडासदस्यहरु, बिभिन्न राजनितिक दलका प्रतिनिधिहरु लगाएतको आतिथ्य रहेको थियो।

No description available.
No description available.
No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्