खनियाबास–४ दार्खामा संचालनमा आयो ग्रामीण आँखा क्लिनिक

धादिङ। जिल्लाको खनियाँबास गाउपालिका–४ दार्खामा संचालित ग्रामीण आँखा क्लिनिक संचालनमा आएको छ।तिलगंगा आँखा प्रतिष्ठान काठमाडौँ, जिल्ला सामुदायिक आँखा केन्द्र धादिङ र खनियाँबास गाउपालिकाको सहकार्यमा संचालनमा ल्याइएको ग्रामीण आँखा क्लिनिकको सोमबार उद्घाटन गरिएको हो।

गाउपालिका अध्यक्ष रण बहादुर तामाङ, जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपाल, तिलगंगा आँखा प्रतिष्ठान काठमाडौँका कार्यक्रम निर्देशक नविन कुमार राई लगायतको सहभागतिामा क्लिनिकको उदघाटन गरिएको हो ।

खनियाबास ग्रामीण अस्पतालको भवनबाटै नियमित सेवा दिनेगरि ग्रामीण आँखा क्लिनिक संचालनमा ल्याइएको जिल्ला सामुदायिक आँखा केन्द्र धादिङका नेत्र अधिकृत रामसिह तामाङले जानकारी दिनुभयो ।ग्रामीण आँखा क्लिनिकको लागि गाउपालिकाले २ जना कर्मचारी पनि नियुक्त गरिएको तामाङले बताउनुभयो।क्लिनिकबाट खनियाँबास लगायत रुवीभ्याली र गंगाजमुना गाउपालिकाको वडा नम्बर १, २, ३ र ४ का स्थानियलाई समेत सहज हुने बताइएको छ ।

त्यस्तै सोमबारनै क्लिनिक उद्घाटन कार्यक्रमको अवसरमा सञ्चालन गरिएको १ दिने निशुल्क आँखा शिविरमा १ सय २६ जनाले सेवा लिएका छन्।जाँच गराएकामध्ये १२ जनामा मोतिया विन्दु देखिएको जिल्ला सामुदायिक आँखा केन्द्र धादिङका नेत्र अधिकृत तामाङले जानकारी दिनुभयो।मोतिया विन्दु देखिएकाहरुको पुस २७ र २८ गते जिल्ला सामुदायिक आँखा केन्द्र धादिङमा अप्रेसन गरिने जनाएको छ।तस्विर रेडियो धादिङ

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्