प्रतिनिधिसभा बैठक : एमालेकाे नाराबाजीकै बीच मौनधारण

काठमाडौं, २८ मंसिर 

प्रतिनिधिसभाको बैठकमा एमालेका सांसदहरूले नाराबाजी गरिरहेका बेला मौनधारण गरिएको छ । 

राष्ट्रपति कार्यालयबाट संसदको १०औँ अधिवेशन सुरु भएको पत्र सभामुख अग्निप्रसाद सापकोटाले वाचन गरेलगत्तै एमाले सांसदहरू रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेका बेला मौनधारणका लागि आग्रह गरिएको थियो । 

सभामुख सापकोटाले ज्ञात अज्ञात सहिदको सम्मानका लागि मौनधारण गर्ने बताएपछि नाराबाजी रोकेर एमाले सांसदले पनि मौनधारण गरे । 

एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको भन्दै एमालेले संसद् अवरुद्ध गर्दै आएको छ । संसदको नवौँ अधिवेशनका सबै बैठकमा एमाले सांसदहरूले नाराबाजी गरेका थिए । 

मंगलबारबाट सुरु भएको १०औँ महाधिवेशनको पहिलो बैठकमा पनि उनीहरुले नाराबाजी गरेका हुन् । 

नाराबाजीकै बीच सभामुखले संसद्काे कारबाही अघि बढाएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्