ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

धादिङको गल्छी गाउँपालिका वडा नं ७ स्थित कोल्पुखोलामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

सोमबार गल्छी– नुवाकोटस्थित सडक खण्डमा ना.५ ख ७८८९ नम्बरको ट्रकले बागमती प्रदेश ०२–०२२ प ४१५१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार गोरखा नगरपालिका–५ बस्ने ४६ वर्षीय दुर्गा बहादुर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका थापाको मंगलबार ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।ट्रक चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्