नयाँ शिक्षक छनोटका लागि आवेदन खुल्यो,परिक्षा चैत्र १५ गते हुने

माध्यमिक तहको १ हजार ५ सय ४७ शिक्षक छनोटका लागि खुला तर्फको विज्ञापन गरिएको छ । शिक्षक सेवा आयोगले आज गरेको विज्ञापन अनुसार इच्छुक उम्मेद्वारले आगामी पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म अबिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्नुपर्ने छ । आयोगका अनुसार सो विज्ञानपनको परीक्षा आगामी चैत्र १५ गते परीक्षा सञ्चालन हुने भएको छ । परीक्षा आवेदन फारम अनलाइनबाट भर्ने व्यवस्था गरिएको छ । आयोगले भोलिको गोरखापत्रमा यो सूचना सार्वजनिक गर्ने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्