नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित

नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । मंगलबार भएको दोस्रो चरणको मतदानमा बाट दोस्रो कार्यकालका लागि सभापति निर्वाचित भएका हुन् ।

दोस्रो चरणको मतदानमा ४ हजार ६२३ मत खसेकोमा देउवाले २७३३ मत ल्याएका छन् । निकटतम प्रतिद्वन्द्वी कोइरालाले १८५५ मत ल्याएका थिए।यसअघि सोमबार भएको पहिलो चरणको मतदानमा सभापतिका पाँच उम्मेदवारमध्ये सबभन्दा धेरै मत देउवाले ल्याएका थिए । तर बहुमत नपुगेको कारण दोस्रो चरणको चुनाव भएको थियो ।

को हुन् देउवा ?

शेरबहादुर देउवा वि.स‌. २००३ जेठ महिनामा डडेलधुरा जिल्लाको असीग्राम गाविस वडा नम्बर ५ मा जन्मिनु भएको हो। उहाँले प्राथमिक शिक्षा डडेलधुराकै असीग्राम प्राथमिक विद्यालय र निम्न माध्यमिक शिक्षा महेन्द्र मावि तथा माध्यमिक शिक्षा सीताराम मावि उच्चकोट डोटीबाट लिनु भएको थियो। उहाँ स्कुले जीवनबाट नै नेपाली कांग्रेसको राजनीतिलाई आफ्नो आदर्श बनाउन थालिसक्‍नु भएको थियो।

एलएसली दिएपछि देउवाले उच्च शिक्षाको लागि भारत नगइ वि.स‌‍. २०२१ सालमा काठमाडौंको त्रिचन्द्र कलेजमा भर्ना हुनुभयो। यसपछि उहाँ नेविसंघभित्र राजनीतिमा सक्रिय हुनुभयो। यसक्रममा उहाँ विभिन्‍न समयमा पटक पटक पक्राउ पर्नुभयो। निडर स्वभावका देउवाले विद्यार्थीको हकहितमा प्रध्‍यापकसँग झगडा समेत गर्न पछि पर्नु भएन्।

नेविसंघमा सक्रिय भएर काम गरिरहनु भएका देउवा विसं २०२८ सालमा पहिलो पटक नेपाल विद्यार्थी संघको सभापतिमा विजयी हुनुभयो। नेविसंघको नेतृत्वमा आएपछि उहाँले आफ्नो राजनीतिकलाई जन सशक्त रुपमा अगाडि बढाउनुभयो।

विद्यार्थी राजनीतिबाट आफूलाई अब्बल बनाउनु भएका देउवालाई बीपीले सुदूरपश्चिममा पार्टीको जिम्‍मेवारी दिएर खट्टाउनु भएको थियो।त्यतिबेला उहाँ भारतको बाटोबाट दार्चुला, बैतडी हुँदै डडेलधुरा पुग्‍नु भएको थियो।

जब वि‌‌.सं.२०४६ मा नेपाली कांग्रेसले देशमा पहिलो जनाअन्दोलन अगुवाइ गर्‍यो त्यतिबेला देउवा लन्डन स्कूल अफ इकोनोमिक्समा अध्‍ययन गरिरहनु भएको थियो। यसपछि २०४७ सालमा जनाअन्दोलन सफल भएपछि देउवा लण्डनबाट काठमाडौं ओर्लिनुभयो।

२०४८ सालमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारमा देउवा गृहमन्त्री बन्‍नुभयो। गृहमन्त्री बनेको पाँच वर्षभित्रै उहाँ मुलुकको प्रधानमन्त्री बन्‍नुभयो। राजनीतिको धेरै उतार चढाव खेप्‍नु भएका देउवाले कांग्रेसभित्रको बढ्दो सत्ता संघर्षमा उनले किशुनजी र गणेशमान सिंहको प्रत्यक्ष अप्रत्यक्ष साथ पाउनु भएको थियो। कोइरालाले अघि बढाएका देउवाले पार्टीको दशौ पोखरा महाधिवेशनमा कोइरालालाई नै नेतृत्वका लागि चुनौती दिनुभयो। २०५७ सालमा पोखरा महाधिवेशनमा देउवा कोइरालाकै विरुद्धमा सभापतिमा पदमा उम्‍मेदवारी दिनुभएको थियो तर हार व्‍यहोर्नुपर्‍यो।

त्‍यतिबेला देशमा माओवादी जनयुद्धले पक्कड जमाइ सकेको थियो। कांग्रेसमा राजा र सेनाको असहयोग पनि बढ्दै गउको थियो भने एमालेले ५७ दिनसम्मको संसद घेराउ गरेको थियो जसबाट बाध्य भएर पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले २०५८ असार राजिनामा दिनु भएको थियो।यसपछि फेरि कांग्रेसको नेतृत्व देउवाकै पक्षमा आयो र उहाँ पुन: कांग्रेस संसदीय दलको उम्मेदवार बन्‍नुभयो। सुशील कोइरालालाई हराएर नेता बन्‍नुभयो। संसदमा पार्टीको बहुमत भएकाले उहाँ दोस्रोपटक प्रधानमन्त्री बन्नुभयो।

राजनीतिक घटनासँगसँगै विंस‌ २०६१ साल माघ १९ गते ज्ञानेन्द्रले शाही कूु मार्फत देउवालाई दोस्रोपटक हटाइदिएर सत्ता आफ्नो हातमा लिए। त्‍यतिबेला गिरिजाप्रसाद कोइराला माओवादीलाई साथ लिएर ज्ञानेन्द्र विरुद्ध जनान्दोलनको तयारीमा हुनुहुनथ्यो। संसद पुनर्स्थापनापछि गिरिजाप्रसाद पुन: एक पटक नेपाली राजनीतिमा चर्चाको शिखरमा आउनुभयो। यसपछि देउवा कोइरालासँग पार्टी एकीकरण गरेर मूल पार्टीमै फर्किनुभयो।

नेपाली कांग्रेसको राजनीतिमा पाँच दशकपछि र सत्तरी वर्षको उमेरमा वि‌.सं.२०७२ सालको तेह्रौँ महाधिवेशनमा पार्टी उपसभापति रामचन्द्र पौडेललाई हराएर देउवा नेपाली कांग्रेसको पार्टी सभापतिमा विजय हुनुभयो।

सन् २००८ देखि २०१२ सम्म सोसलिस्ट इन्टरनेसनलका उपाध्यक्ष रहुनुभएका उहाँ सन् २०१३ देखि उक्त सङ्गठनको अन्तर्राष्ट्रिय उपाध्यक्ष हुनुहुन्थ्यो । प्रजातान्त्रिक आन्दोलनका क्रममा उहाँले पटक–पटक गरी नौ वर्ष जेल जीवन बिताउनुभएको छ।

काँग्रेस प्रजातान्त्रिकको समेत नेतृत्व गरेका देउवा फेरि सभापतिको मैदानमा उत्रिएका थिए । ५ औं पटक प्रधानमन्त्री भएर देउवाले अहिले मुलुक हाँकी रहेको अवस्था छ । समीकरण निर्माणमा खप्पिस देउवाले काँग्रेसको पहिलो, दोस्रो, तेस्रो र चौंथो पुस्ताको टीम बनाएर १४ औं महाधिवेशनमा बाट पुन दोस्रो कार्यकालका लागी सभापतिमा निर्वाचित भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्