तीन किलाे गाँजासहित १३ जना पक्राउ

काठमाडौं, २९ मंसिर

पोखरा महानगरपालिका-३२ मझुवाबाट करिब तीन किलोग्राम गाँजासहित धादिङ निलकण्ठ नगरपालिका-४ खानीगाउँका १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको बा४ख १६३८ नम्बरको माइक्राेबसलाई वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मंगलबार दिउँसो गाँजासहित उनीहरूलाई पक्राउ गरेको हो ।

यस्तै, बाँके नेपालगंज उपमहानगरपालिका-१५ जमुन्हाबाट ५५ ग्राम अवैध लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दाङ तुल्सीपुर नगरपालिका-१४ बस्ने ३३ वर्षीय गौरव बुढाथोकी र बाँके राप्ती सोनारी गाउँपालिका बस्ने ३२ वर्षीय सुबास बिक छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगञ्जबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूलाई हेराेइनसहित पक्राउ गरेको हो ।

 इलाका प्रहरी कार्यालय दाङ तुलसीपुरबाट खटिएको प्रहरीले अवैध लागुऔषध ब्राउनसुगरसहित १० जनालाई मंगलबार साँझ पक्राउ गरेको छ । पक्राउ पर्नेमध्ये तुलसीपुर उपमहानगरपालिका-१ भम्के बस्ने २२ वर्षीय विनोद भण्डारी समेत चार जना, सोही उपमहानगरपालिका-५ आलुमण्डीमा ५४० मिलिग्राम, तुलसीपुर उपमहानगरपालिका-५ ट्याक्सी पार्क बस्ने २५ वर्षीय अमर गन्धर्व सहित चार जना २१० मिलिग्राम र तुलसीपुर उपमहानगरपालिका-१८ बेलझुण्डी बस्ने २३ वर्षीय कैलाश सुनार समेत दुई जना ९४० मिलिग्राम ब्राउनसुगरसहित फेला परेका हुन् । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्