श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाललाई ३-० को अग्रता

काठमाडौं, २९ मंसिर

फरवार्ड रश्मीकुमारी घिसिङ, सविता राना मगर र कुशुम खतिवडाको गोलमा यु-१९ महिला साफ च्याम्पियनसिपअन्तर्गत श्रीलंकाविरुद्ध नेपालले ३-० को अग्रता बनाएको छ ।

ढाकामा जारी खेलमा पहिलो हाफको सुरुवाती १० मिनेटभित्र दुई गोल गर्दै नेपालले पहिलो हाफ आफ्नो नियन्त्रणमा राखेको हो । नेपालले श्रीलंकालाई पूर्ण रूपमा दबाबमा राखे पनि अन्यले गोल भने गर्न सकेनन् ।

फरवार्ड कुशुम खतिवडा र डिफेण्डर सविना चौधरीलाई स्थान दिँदै प्रशिक्षक श्रेष्ठले दोस्रो खेलमा बुधबार श्रीलंकाविरुद्ध विमला विक र दिपा शाहीलाई बाहिर राखेका हुन् ।

श्रीलंकाविरुद्ध नेपाली टोलीका कप्तान गोलरक्षक अन्जना राना मगरले समाल्नेछिन् । यस्तै, डिफेन्समा सलोनी राना मगर, सविना चौधरी, रोजिना श्रेष्ठ र मन्जु कुमारी खड्का र मेनुका कुमारी आले मगरले निरन्तरता पाएका छन् ।

मिडफिल्डरमा प्रिती राई, सविता राना मगर, रश्मी कुमारी घिसिङले स्थान बनाउँदा फरवार्डमा रजनी थोकरसँगै कुशुमले मौका पाएकी छिन् । अघिल्लो खेलमा भुटानविरुद्ध कुशुमले ४८ मिनेटपछि मात्र मौका पाउँदा सविना भने बेन्चमै थिइन् ।

आज श्रीलंकाविरुद्ध नेपाल पहिलो जितको खोजीमा रहनेछ । नेपाल पहिलो खेलमा आयोजक बंगलादेशसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

नेपाली टोली

गोलरक्षक – अन्जना रानामगर ‘कप्तान’

डिफेन्डर– सविना चौधरी, सलोनी राना मगर, रोजिना श्रेष्ठ र मन्जु कुमारी खड्का

मिडफिल्डर– मेनुका कुमारी आले मगर, प्रिती राई, रश्मीकुमारी घिसिङ र सविता राना मगर

फरवार्ड– रजनी थोकर र कुशुम खतिवडा

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्