थप २८० जनालाई कोरोना संक्रमण,६ जनाको ज्यान गयो

पछिल्लो २४ घण्टामा देशभर ११ हजार ९९४ को परिक्षणमा २८० संक्रमित थपिदा ३०० संक्रमित डिस्चार्ज भएका छन्।देशभरका प्रयोगशालाबाट ९ हजार २१२ जनाको पीसीआर गर्दा २५२ र २ हजार ७८२ जनाको एन्टिजेन परिक्षणमा २८ गरी २८० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलले बताउनुभयो।

मंगलबार मात्रै २६४ संक्रमित थपिएका थिए। यो सँगै देशभर संक्रमित हुनेको संख्या ९ लाख २० हजार ८८९ पुगेको छ भने हालसम्म संक्रमित भई निको हुनेको सङ्ख्या ८ लाख ७ हजार ८१६ पुगेको छ।

योसँगै हालसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ६३५ रहेको छ भने सङ्क्रमणमुक्त हुनेको दर ९७ दशमलब ९ प्रतिशत रहेको छ। यस्तै पछिल्लो घण्टामा सङ्क्रमणका कारण ६ जनाको मृत्यु भएसँगै हालसम्म सङ्क्रमणका कारण एघार हजार ५६५ को मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा.पौडेलले बताउनुभयो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्