मिनेन्द्र रिजालले दिए रक्षामन्त्रीबाट राजीनामा

काठमाडौं, १ पुस

नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट महामन्त्रीमा पराजय भएसँगै डा. मिनेन्द्र रिजालले रक्षामन्त्रीको पदबाट राजीनामा दिएका छन् । महामन्त्रीमा पराजय भएपछि रक्षामन्त्रीमा रहिरहनु नैतिक रुपमा उपयुक्त नभएको भन्दै उनले राजीनामा दिएको जनाएका छन् । उनले  बिहीबार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामापत्र बुझाएका छन् ।

मत गणनाको प्रारम्भिक नतिजामा आफू पछि परेसँगै उनले राजीनामा दिने घोषणा गरेका थिए । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्