११ हजार १८ जनाको परिक्षणमा १८४ संक्रमित थपिए,२ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ११ हजार १८ को परिक्षणमा १८४ संक्रमित थपिदा २६७ संक्रमित डिस्चार्ज भएका छन्।देशभरका प्रयोगशालाबाट ७ हजार २३० जनाको पीसीआर गर्दा १६० र ३ हजार ७८८ जनाको एन्टिजेन परिक्षणमा २४ गरी १८४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

बुधबार मात्रै २६४ संक्रमित थपिएका थिए। यो सँगै देशभर संक्रमित हुनेको संख्या ९ लाख २१ हजार ७३ पुगेको छ भने हालसम्म संक्रमित भई निको हुनेको सङ्ख्या ८ लाख ८ हजार ८३ पुगेको छ।

योसँगै हालसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ५२६ रहेको छ भने सङ्क्रमणमुक्त हुनेको दर ९७ दशमलब ९ प्रतिशत रहेको छ। यस्तै पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण २ जनाको मृत्यु भएसँगै हालसम्म सङ्क्रमणका कारण एघार हजार ५६७ को मृत्यु भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्