थाहा पाउनुहाेस् तपाईँकाे आजको राशिफल

२ पुस, १७ डिसेम्बर । शुक्रबार । मार्गशीर्ष शुक्लपक्ष चतुर्दशी, कृतिका नक्षत्र, सिद्ध योग, चन्द्रमा वृष राशिमा । आज सूर्योदय बिहान ६ः४९ मा हुनेछ भने सूर्यास्त १७ः१० मा हुनेछ । आज बिहान १०ः४३ देखि १२ः०१ सम्म राहुकाल रहेको छ ।  ११ः४० देखि १२ः२१ सम्म अभिजित मुर्हूत रहने छ । आजको देवता कार्तिकेय, ग्रहदेव केतु रहेको छ । शुक्रबारको दिन बजारबाट खरिद, पहिरन र आभूषण खरिदका लागि शुभ मानिन्छ। आजको दिन पश्चिम दिशा तर्फको यात्राको लागि शुभ मानिदैन ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : आजको दिन रोजगारीको क्षेत्रमा सफलता हात लाग्नेछ । आज नजिकको देवालय र शिवालयको यात्रा गर्दा मनमा खुसियाली छाउनेछ । बिहानै देवालयको दर्शन गरेर काम सुरु गर्नु शुभ हुनेछ । यात्राका लागि आजको दिन शुभ मानिन्छ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : व्यापारबाट प्राप्त हुने प्राप्तिले मनमा  खुसियाली छाउनेछ । चन्द्रमाको साथ रहेकाले तपाईँले कुनै नयाँ काम सुरु गर्दा सफलता मिल्नेछ । बिहान सूर्योदयको दर्शन गरेर आजको दिन कार्ययोजना सहित काम गर्नुभयो भने सफलता हात लाग्नेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : आजको दिन परिवार र आफन्तजनले तपाईँमाथि आरोप लगाउन सक्नेछन् ।  तपाईँको मनमा पनि निराशा उत्पन्न हुनसक्छ । त्यसैले आज सकारात्मक सोच मात्र राखेर काम गर्नु आवश्यक छ । कसैले लगाएको आरोपको विषयमा विवाद नगर्नु नैं बेस हुनेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : आजको दिन शुभ रहेको छ ।  त्यसैले आजको दिन तपाईँको आर्थिक र सामाजिक समस्या समाधान हुनेछ । आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । कसैसँग विवाद भयो भने तपाईँ र तपाईँसग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ । सामाजिक सेवाको काममा लाग्नु भएको छ भने मान सम्मान मिल्नेछ ।  

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : तपाईँलाई परिवार र मित्रमण्डलीबाट साथ सहयोग प्राप्त हुनेछ । यात्रा गर्नुभन्दा पहिले राहुकाल छलेर मात्र शुभ साइतको समयमा यात्रा गर्नुहोला । परिवारका सदस्यले तपाईँलाई अनावश्यक आरोप लगाउन सक्नुहुनेछ । आजको दिन सिंह राशिका जातकले कम बोल्नु, मौन रहनु नैं बुद्धिमानी हुनेछ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : आज आफन्तसँग सम्बन्ध बिग्रन सक्छ । स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिन्छ । अध्ययनअध्यापनबाट सफलता हात  लाग्नेछ । तपाईँको आम्दानीको  धनराशिबाट केही मात्र भए पनि महिला र बृद्ध माताहरुलाई केही उपहार दिनुहोला । तपाईँले सहयोग गर्दा मनमा, शान्ति मिल्नेछ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : आजको दिन सुरु गरेको काम सफल हुनेछ । तपाईँको कार्यमूलक यात्रा हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला । कुनै काम बीचमा छुटेको छ भने त्यो कामका पुरा नहुँदा मनमा चिन्ता भइरहन्छ । आजको दिन आर्थिक कारोबार गर्दा अलि ध्यान दिनुहोला ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : आज कार्यायोजनाअनुसार काम गर्नुभयो भने सफलता मिल्नेछ । शिवालय र देवालय यात्राले सोचे अनुसार काम बन्नेछ । देवालयको नाम स्मरण मात्रले पनि मनमा शान्ति मिल्नेछ । अध्यात्मिक सेवामा केही समय दिनुभयो भने तपाईँको कार्यमा सफलता मिल्नेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

धनु राशि भएका जातका लागि समय बलियो भएका छन् । त्यसैले आजको दिन तपाईले सोचे अनुसार काम हुनेछ । सन्तानबाट सुख र मातृशक्तिको  साथ सहयोगले तपाईको नयाँ काम बन्नेछ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला । सामुहिक यात्राले तपाईहरुको लागि मनोरञ्जन दिनेछ ।   

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

आजको दिन मान सम्मान मिल्ने संभावना छ ।  तपाईलाई आफन्तजनको सहयोगले मनमा खुसी प्राप्त हुनेछ । आजको दिन लक्ष्मी मन्दिरको दर्शन गर्नाले मनमा प्रसन्नता छाउनेछ । अर्थलाभका कामबाट मानमा हर्ष छाउने छ । व्यापार ब्यबसायबाट सफलता प्राप्त हुनेछ। कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

कुम्भ राशिका जातकले आजको दिन कार्यमुलक सफलता मिल्नेछ ।  शत्रुमाथि विजयप्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आज कसैससँग अनावश्यक विवाद नगर्नुहोला ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

विहान सूर्योदयको दर्शन गरेर मात्र दिनको शुरुवात गर्नुहोला । सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लाग्नेछ । आज सामाजिक कामको लागि खर्च हुनेछ । अध्यात्म र समाजसेवामा गरेको खर्चले मनमा शान्ति मिल्नेछ । आफूभन्दा उच्च ब्यक्तिको मान सम्मान गर्नुहोला । सत्कार्यका समय दिनुभयो भने त्यसको अप्रत्यासित फल प्राप्त हुनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्