आरुघाट गाउँपालिका—१० मा जनतासंग जनप्रतिनिधि घुम्ति सेवा संचालन

गोरखा । गोरखाको आरुघाट गाउँपालिका वडा नं १० मा जनतासंग जनप्रतिनिधि घुम्ति सेवा कार्यक्रम सञ्चालन गरिएको छ । वडाको साविकको वडा नं ५ सिमारा टोलमा शिविर राखिएको हो ।

शिविरमा वडा अध्यक्ष सन्जित श्रेष्ठ सदस्यहरु केशरनाथ भट्ट, बिनिता खड्का बराम, बालकृष्ण लामिछाने, गममाँया सुनार तथा वडाका कर्मचारिहरु सरिता बराम, मिनु पुलामि मगर सहित उल्लेख्य स्थानिय बासिहरुको उपस्थिति रहेको थियो ।
वडा कार्यालयबाट प्रदान गरिने सम्पुर्ण सेवाहरु सहित वडा बासिहरुको गुनासो एवं सुझाव संकलन गरि समृद्ध वडा निर्माणका लागि यो अभियानको उद्देश्य रहेको अध्यक्ष सन्जित श्रेष्ठले जानकारि गराउनुभयो । उक्त घुम्ति सेवा बाट मालपोत तिरो, विभिन्न सिफारिसहरु, नाता प्रमाणित सहित ३७ जनाले बिविध सुविधा लिनुभएको थियो ।

आगामी दिनमा हप्ताको ६ दिन वडा कार्यालय बाट र प्रत्येक शनिबार टोल टोलमा जनताको घर दैलोमा गएर घुम्ति सेवा सहित सुझाव संकलन गरिने अध्यक्ष श्रेष्ठले जानकारी गराउनुभयो । ७५ बर्षिय ज्येष्ठ नागरिक केदारनाथ अधिकारि भन्नुहुन्छ “स्थानिय सरकारको अनुभूति हामीले बल्ल गर्न पायौं, यस्तै जनहितका कामलाई निरन्तरता दिनुहुन म अनुरोध गर्दछु । साथै जनताको सरकार जनताकै घरदैलो सम्म सेवा लियर आउंदा स्थानिय बासिहरु निकै खुसि देखिन्थे ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्