एमाले नीलकण्ठ नगरपालिका वडा नं ३ र ७ को पार्टी कार्यालय उद्घाटन

धादिङ । नेकपा एमाले नीलकण्ठ नगरपालिका वडा ७ को वडा पार्टी कार्यालय उद्घाटन भएको छ ।आज नेकपा एमालेका केन्द्रिय सदस्य तथा धादिङका इन्चार्ज खेम प्रसाद लोहनीले एक कार्यक्रम बिच नीलकण्ठ नगरपालिका वडा न ७ पिपलछाप घुम्तीमा वडा पार्टी कार्यालय उद्घाटन गर्नुभएको हो ।

No description available.
पार्टीको गतिबिधिको लागी सहज र कार्यकर्ता भेटघाटको लागी सवैको पाएक पर्ने स्थान पिपलछाप घुम्तीमा नै भएकोले घुम्तीमा नै पार्टी कार्यालय खोलिएकोबताईएको छ ।

कार्यक्रम कै अवसर पारेर बिभिन्न पार्टी परित्याग गरि २० जना एमालेमा प्रबेश गरेका नेकपा एमाले नीलकण्ठ नपा ७ का वडा कमिटिको अध्यक्ष रमेश कुमार श्रेष्ठले बताउनुभयो । नव प्रवेशीहरुमा महेश्वर पोखरेल,अमृत बिक,टङ्के नेपाली,कृष्ण बिसुन्के,सोमलाल बिसुन्के,सन्तोष नेपाली,बिप्लु बिसुन्के,जीत बहादुर नेपाली,राम बहादुर रोक्का,रमेश बिसुन्के लगाएतका छन् ।

कार्यक्रममा बाग्मती प्रदेश कमिटी सदस्य द्धय ईश्वरी अधिकारी र गंगा देवी श्रेष्ठ लगाएतका नेताहरुको उपस्थिति रहेको थियो ।यसैगरी नेकपा एमाले धादिङले आज नै नीलकण्ठ नगरपालिका वडा न ३ को वडा पार्टी कार्यालय समेत उद्घाटन गरेको छ।

बाग्मती प्रदेश सांसद राम कुमार अधिकारीले पार्टी कार्यालय उद्घाटन गर्नुभएको हो।कार्यक्रममा एमाले धादिङका सचिव अर्जुन कुमार श्रेष्ठ गोर्खाली,एमाले निलकण्ठ अध्यक्ष हरि श्रेष्ठ, सचिव बेग बहादुर सुनार, राष्ट्रीय युवा सङ्घ केन्द्रीय सदस्य काजि श्रेष्ठ, अनेरास्ववियु केन्द्रीय सदस्य जित सिटौला,एमाले निलकण्ठ–३ का अध्यक्ष किरण पाठकको उपस्थिति रहेको थियो।

No description available.
No description available.
No description available.
No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्