सरकारले बेनिघाट रोराङ गाउँपालिकाको प्रसाशकिय भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने

सरकारले धादिङको बेनिघाट रोराङ गाउँपालिकाको प्रसाशकिय भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने निर्णय गरेको छ । २०७८ पुस १ गतेको मन्त्रीपरिषदका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सुचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले गाउँपालिकाको प्रशासकिय भवन निर्माणका लागि १० रोपनी जग्गा उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिनुभयो ।

सरकारले विभिन्न १३ वटा स्थानीय तहलाई विभिन्न परियोजनाको लागि जग्गा प्राप्ति स्वीकृती दिने निर्णय पनि गरेको छ ।यसैबिच लमजुङको भोटेओडार आँखा उपचार केन्द्रलाई भवन निर्माणका लागि एक रोपनी जग्गा लिजमा उपलब्ध गराउन स्विकृती दिने निर्णय पनि मन्त्रीपरिषद्ले गरेको मन्त्री कार्कीले जानकारी दिनुभयो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्