पछिल्लो २४ घण्टामा १८९ संक्रमित थपिदा २५० संक्रमित डिस्चार्ज

पछिल्लो २४ घण्टामा देशभर ७ हजार ९९७ को परिक्षणमा १८९ संक्रमित थपिदा २५० संक्रमित डिस्चार्ज भएका छन्।देशभरका प्रयोगशालाबाट ५ हजार ४८३ जनाको पीसीआर गर्दा १५८ र २ हजार ५१४ जनाको एन्टिजेन परिक्षणमा ३१ गरी १८९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

शुक्रबार मात्रै २७४ संक्रमित थपिएका थिए। यो सँगै देशभर संक्रमित हुनेको संख्या ९ लाख २१ हजार ५३६ पुगेको छ भने हालसम्म संक्रमित भई निको हुनेको सङ्ख्या ८ लाख ८ हजार ६०३ पुगेको छ।

योसँगै हालसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ४२८ रहेको छ भने सङ्क्रमणमुक्त हुनेको दर ९७ दशमलब ९ प्रतिशत रहेको छ। यस्तै पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण २ जनाको मृत्यु भएसँगै हालसम्म सङ्क्रमणका कारण एघार हजार ५७२ को मृत्यु भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्