जिल्ला प्रशासन कार्यालय‚धादिङको अत्यन्त जरुरी सूचना

धादिङ।जिल्लाका अधिकांश भू-भागहरुमा केही दिन देखि तापक्रम घटी मौसम अधिक मात्रामा चिसो हुदै गएको छ । विगत वर्षहरुमा झैं यस वर्षमा पनि जिल्लाको उत्तरी क्षेत्रमा हिमपात तथा दक्षिणी महाभारत लेकहरुमा हिउ पर्न सक्ने तथा शीतलहर आउने संभावना रहेको हुदां संकटासन्न अवस्थामा रहेका ज्येष्ठ नागरिक‚ असक्त र असहाय‚ गर्भवती तथा सुत्केरी महिला‚ नवजात शिशु एवं विपन्न अवस्थाका लोपोन्मुख तथा सिमान्कृत घरपरिवारहरुमा आई पर्न सक्ने विपदलाई मध्ये नजर गरी समयमा नै प्रभावकारी प्रतिकार्य हुने व्यवस्था गर्न देहाय अनुसार गर्नु गराउनु हुन सवैमा अनुरोध गरिन्छ ।

  • अत्याधिक चिसोको समयमा वाहिर हिडडुल नगर्ने ।
  •  न्यानो कपडाहरुको निरन्तर प्रयोग गर्ने ।
  •  शरिरमा तापक्रमलाई सन्तुलित वनाई राख्न आवश्यक खानाहरु खाने ।
  • घरमा दाउरा‚ विजुली हिटर लगायतका सामानहरुको यथोचित प्रवन्ध गरी प्रयोगमा ल्याउने ।
  • आफ्ना परिवार वस्ने घर तथा कोठाहरुको सम्पूर्ण झ्याल ढोकाहरु वन्द नगरी उपयुक्त भेन्टीलेसन हुने व्यवस्था मिलाउने ।
  • कुनै पनि स्वास्थ्य सम्वन्धि समस्याहरु आएमा तत्काल नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने।
  • थप सहयोगको आवश्यकता परेमा तत्काल आ(आफ्ना नगरपालिका तथा गाँउपालिकाका विपद सम्पर्क व्यक्तिसंग सम्पर्क गर्ने ।
  • तत्काल उद्दार तथा आपतकालिन राहत सहयोग आवश्यक पर्ने भएमा निम्न व्यक्ति तथा निकायमा तुरुन्त सम्पर्क गर्ने ।

– जिल्ला आपतकालीन कार्य संचालन केन्द्रः-फोन नं-०१०-५२१४६४
– जिल्ला प्रशासन कार्यालय‚ धादिङः-फोन नं-०१०-५२०१३३
– प्रमुख जिल्ला अधिकारी‚ धादिङः-मो.नं-९८५१२४७७७७
– जिल्ला विपद व्यवस्थापन समितिका विपद सम्पर्क व्यक्ति एवं सहायक प्रमुख जिल्ला अधिकारीः-मो.नं-९८५११९६१३१

No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्