बोक्सीको आरोप लगाउने धुनिबेशीका एक दम्पति पक्राउ

बोक्सीको आरोप लगाउने २ जनालाई जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ गरेको छ ।तनहुँको भानु नगरपालिका वडा नं १० की एक महिलालाई बोक्सीको आरोप लगाई कुटपिट गरेको अभियोगमा २ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा धुनिबेशी नगरपालिका वडा ५ धार्के निवासी बिष्णु परियार र उनका श्रीमती मुना परियार रहेका छन् । निजहरुले उक्त महिलालाई तपाईको शरिरमा बोक्सी बसेको छ यसलाई हामी निको बनाई दिन्छौ भन्दै स्टिलको पन्यू तताएर अनुहार लगाएतको शरिरको बिभिन्न भागमा तँ बोक्सी होस अब ठिक हुन्छ भन्दै डामी घाईते बनाएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरुलाई बोक्सा बोक्सीको आरोपमा जिल्ला प्रहरी कार्यालय धादिङमा मुद्दा दर्ता गरी धादिङ जिल्ला अदालतको आदेश लिन ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्