अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा सुरक्षित बैदेशिक रोजगार सम्बन्धी दोहोरी कार्यक्रम

अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा धादिङबेशीमा सुरक्षित बैदेशिक रोजगार सम्बन्धी जनचेतनामुलक दोहोरी कार्यक्रम सम्पन्न भएको छ। धादिङबेशी स्थित बिचबजारमा आज सुरक्षित आप्रवासन सामी परियोजना अन्तरगत नीलकण्ठ नगरपालिकाको आयोजनामा भएकोे सुरक्षित बैदेशिक रोजगार सम्बन्धी जनचेतनामुलक दोहोरी कार्यक्रममा कलाकार राजकुमार बाँनिया र अस्मिता डल्लाकोटीको प्रस्तुती रहेको सामीपरियोजनाका कार्यक्रम संयोजक दिनेश दुवाडीले जानकारी दिनुभयो।

यसैगरी अन्तराष्ट्रिय आप्रवासन दिवसको अवसर पारी बैदेशिक रोजगारको क्रममा दिवंगत भएकाहरुको चिरशान्तिको कामना तथा घाइतेहरुको स्वास्थ्य लाभको कामनामा साँझ दीप प्रज्वलन कार्यक्रम गरिएको (सामी) परियोजनाका लेखा तथा प्रशासन अधिकृत सम्झना भण्डारीले जानकारी दिनुभयो।

सन् १९९० डिसेम्बर १८ तारिखमा आप्रवासीहरुको अधिकार संरक्षण सम्बन्धी राष्ट्रसंघीय महासन्धि अनुमोदन गरिएको सम्झनामा सन २००० देखि दिवस मनाउन थालिएको हो । बैदेशिक रोजगारलाई सुरक्षित,भरपर्दो र मर्यादित बनाउनको लागि सुरक्षित आप्रवासन सामी परियोजनाले धादिङको नीलकण्ठ नगरपालिका, धुनिवेशी नगरपालिका, गंगाजमुना गाउँपालिका र थाक्रे गाउँपालिकामा न्याय, सिप, मनोपरामर्श सेवा, वित्तिय साक्षरता कक्षा र पैरवीमा कामगर्दै आईरहेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्