छोईलिङ्ग र चरङ्गे प्रदिप स्मृति कप फुटवलको फाईनल प्रवेश

धादिङको नेत्रावती डबजोङ्ग गाउपालिका–४,सेल्लेमा जारी “दोस्रो प्रदिप स्मृति कप खुल्ला सेभेन ए साईड फुटबल प्रतियोगिताको फाईनलमा आयोजक छोईलिङ्ग युथ क्लब र चरङ्गे युवा क्लब पुगेका छन् ।आज भएको पहिलो समिफाईनल खेलमा आयोजक छोईलिङ्ग युथ क्लबले डि.एफ.सि. धादिङ्लाई ४–० गोलले पराजित गर्याे । उक्त खेलका म्यान अफ दि म्याच छोईलिङ्गका सोम तामाङ्ग भए ।

No description available.

त्यसैगरि दोस्रो सेमिफाईनल खेलमा ब्रादी युवा क्लबलाई चरङ्गे युथ क्लवले ४–२ गोलले पराजित गर्याे भने म्यान अफ दि म्याच चरङ्गेका रोमियो लामा भए ।सेमिफाईनल खेलबाट जित हासिल गर्दै फाईनल प्रवेश गरेका यि २ टिमहरु उपाधीको लागि भिड्नेछन् ।

छोइलिङ युवा क्लवको आयोजनामा सुरु भएको प्रतियोगितामा जिल्लाका १९ टिमको सहभागिता रहेको थियो।प्रतियोगिताको बिजेताले नगद रु पचास हजार, ट्रफि, मेडल र प्रमाणपत्र, उपबिजेताले नगद रु तिस हजार,ट्रफी, मेडल र प्रमाणपत्र, सेमिफाइनलिस्ट २ टिमले नगद रु आठ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

साथै प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र उच्च गोलकर्तालाई ट्रफी, मेडल र प्रमाणपत्र, हरेक खेलमा म्यान अफ दि म्याचलाई समेत विशेष पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।प्रतियोगिताको फाईनल, समापन तथा पुरस्कार वितरण पौष ४ गते हुने आयोजकले जनाएको छ ।

No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्