प्याब्सन धादिङको अध्यक्षमा पुन : विनोदमान श्रेष्ठ चयन

निजी तथा आवासीय विद्यालयहरूको संगठन प्याब्सन धादिङ अध्यक्षमा चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयका सञ्चालक विनोदमान श्रेष्ठ चयन भएका छन्। शनिबार सम्पन्न प्याब्सन धादिङ दसौँ अधिवेशनमा बाट श्रेष्ठ सर्वसहमत अध्यक्षतामा पुन चयन भएका हुन।

आज गठित समितिको उपाध्यक्षमा शान्तिदीप एकेडेमीका सञ्चालक तथा प्रिन्सिपल दिनेश भट्ट, सचिवमा सुनगाभा एकेडेमीका सञ्चालक रामहरि अधिकारी र कोषाध्यक्षमा ब्लुमिङ लोटस इङ्लिस बोर्डिङ स्कुलका सञ्चालक एवम् प्रिन्सिपल सञ्जीव गजुरेल निर्वाचित भएका छन्।

No description available.

त्यसैगरी कार्यसमितिका सदस्हरूमा ब्राइट फ्युचर सहकारी बोर्डिङ स्कुलका प्रिन्सिपल कल्पना सिलवाल, जगदम्बा इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल रामसुन्दर पाण्डे, एड्भान्स एकेडेमीका प्रिन्सिपल भिम बहादुर श्रेष्ठ, ब्रुक हिल्स इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल सञ्जीव राइ, त्रिपुरेश्वर बोर्डिङ स्कुलका प्रिन्सिपल ललिता पाठक, रोजमेरी चाइल्डकेयर बोर्डिङ स्कुलका प्रिन्सिपल संगिता श्रेष्ठ, लुसिड रोज बोर्डिङ स्कुलका प्रिन्सिपल विजय के।सी।, बालज्योति इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल सुजन थापा र आधारशिला पाठशालाका सञ्चालक आँचल श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

अधिवेशन प्याब्सनका केन्द्रीय सचिवालय सदस्य नवराज ओझाको संयोजकत्वमा गठित निर्वाचन मण्डलद्वारा सम्पन्न गरिएको थियो ।

No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्