नेप्सेमा तीन कम्पनीको सेयर मूल्य समायोजन

काठमाडौं, ४ पुस

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले यस दिन प्रभु बैंक, सनराइज बैंक र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस समायोजन गरी मूल्य समायोजन गरेको हो ।

नेप्सेले यस दिन प्रभु बैंकको १२ प्रतिशत, सनराइज बैंकको छ दशमलव ६५ प्रतिशत र मनकामना स्मार्ट लघुवित्तको १७ प्रतिशत बोनस सेयर समायोजन गरेको हो।समायोजनपछि सनराइज बैंकको सेयर मूल्य दुई सय ५४ रुपैयाँ १० पैसा, प्रभु बैंकको दुई सय ९४ रुपयाँ ७३ पैसा र मनकामना स्मार्ट लघुवित्तको एक हजार तीन सय ३३ रुपैयाँ ३३ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरूको सेयरमूल्य समायोजन गरेको हो । बिहीबार प्रभु बैंकको तीन सय ३० रुपैयाँ १० पैसा, सनराइज बैंकको प्रतिकित्ता दुई सय ७१ रुपैयाँ र मनकामना लघुवित्तले प्रतिकित्ता एक हजार पाँच सय ६० रुपैयाँमा अन्तिम पटक कारोबार गरेको थियो । आइतबार समायोजन भएको मूल्यका आधारमा सोमबारदेखि तीनवटै कम्पनीको सेयर कारोबार खुला हुनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्