स्वास्थ्य शिविरबाट चार सय नागरिक लाभान्वित

तेह्रथुम, ४ पुस

छथर गाउँपालिकाको केन्द्रमा सञ्चालित स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी स्थानीयले लाभ लिएका छन् । दुर्गम तथा विपन्न बस्तीलाई लक्षित गरी पाँच दिन सञ्चालन भएकाे शिविरमा चार सयभन्दा बढीकाे नि:शुल्क स्वास्थ्य परीक्षण गरिएकाे थियाे । 

तीन दिनका लागि सञ्चालन गरिएको शिविर नागरिकको चाप सँगै पाँच दिनसम्म सञ्चालन भएको माउण्ट एभरेष्ट सेवा समाजका महासचिव रोहित खनालले जानकारी दिए । डाक्टर खगेन्द्र कटुवालको नेतृत्वमा रहेको १३ जना चिकित्सकको टोलीले  सर्वसाधारणको स्वास्थ्य जाँच गरेका थिए । शिविरमा  मिर्गाैला, कजेलो, पित्तथैली, पाठेघर प्रोष्टेट, पेट, मुटु, फोक्सो र रगत जाँच गरिएको थियो । सामान्य नाम दर्ताबाहेक भिडियो एक्सरे, ईसिजी, ‌औषधि डाक्टर खर्च समेत नि:शुल्क थियो ।

शिविरमा ६० वर्षभन्दा माथिका जेष्ठ नागरिक, असाहय र आर्थिक अवस्था कम्जोर भएकाहरूलाई नि:शुल्क  सेवा दिएको जनभावना अस्पताल धनकुटाले जनाएको छ । गाउँमै स्वास्थ्य सेवा पाउँदा राहात मिलेको नागरिकहरूले बताए । जनभावना अस्पताल धनकुटा प्राविधिक सहयोग तथा माउण्ट एभेरेष्ट सेवा समाज नेपालको आयोजना र छथर गाउँपालिका तेह्रथुमको सहकार्यमा शिविर सञ्चालन गरिएको हाे । शिविरलाई प्रभावकारी बनाउन र नागरिकसम्म सेवा पुर्याउन गाउँपालिकाको ६ वटै वडामा स्वास्थ्य शिविरसम्बन्धी छलफल सञ्चालन गरेकाे थियो । टोल विकास संस्थाका संयोजक र वडाध्यक्षहरूको सहभागितामा छलफल गरी शिविर सञ्चाल गरिएको थियो । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्