नलाङ बैरेनी युवा क्लवद्धारा बैरेनीका एकल महिलालाई सम्मान

नलाङ बैरेनी युवा क्लवले सिद्धलेक गाउँपालिका वडा नम्वर १ बैरेनीका १९ जना एकल महिलाहरुलाई सम्मान गरेको छ ।शनिवार बैरेनीमा आयोजित एक कार्यक्रमका बिच वडा नं १ का वडाध्यक्ष चन्द्र प्रसाद सिलवालले एकल महिलाहरुलाई न्यानो पछ्यौरा प्रदान गरी सम्मान गर्नुभएको हो।

No description available.

क्लबका सल्लाहाकार टंकानाथ शर्माको अध्यक्षतामा सम्पन्न सम्मान कार्यक्रममा बोल्दै वडाअध्यक्ष सिलवालले बैरेनी क्षेत्रका युवाहरुको कार्यबाट आफु प्रभावित भएको भन्दै एकल महिलाहरुलाई सम्मान गरेर युवा क्लबले उदाहरणीय कार्य गरेको बताउनुभयो । साथै उहाँले समुदाय विकासमा युवा क्लबले गर्ने यस्ता रचनात्मक कामको आफुले वडाको तर्फबाट सहयोग समेत गर्ने प्रतिबद्धता जनाउनुभयो ।

यसैविच कार्यक्रमको अवसरमा गत तिहारमा क्लबको तर्फबाट खेलिएको देउसी भैलो कार्यक्रममा सबैभन्दा धेरै आर्थिक सहयोग गर्ने ४ जना चन्दादाताहरुलाई समेत सम्माना पत्र प्रदान गरि सम्मान गरेको छ ।

समुदायको विकासमा रचनात्मक कार्य गर्र्दै आएको युवा क्लबले बैरेनी क्षेत्रमा ठाउँ–ठाउँमा फोहोर संकलन गर्ने डस्वीन राखेको छ । शनिवार मात्रै युवा क्लबले गाउँका २१ ठाउँमा फोहोर संकलनका लागि डस्विन राखेको क्लबका अध्यक्ष शंकर भट्टले बताउनुभयो ।

No description available.
No description available.
No description available.
No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्